बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अर्थतन्त्रमा सुधार आउन थालेको छ : गभर्नर

आइतबार, १९ वैशाख २०७३, १७ : ५३
आइतबार, १९ वैशाख २०७३

दमौली - नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले भूकम्प र नाकाबन्दीपछि तरल अवस्थामा रहेको अर्थतन्त्रमा सुधार आउन थालेको बताएका छन् ।

ग्लोबल आइएमई बैंक लिमिटेड दमौली शाखाको आइतबार उद्घाटन गर्दै डा नेपालले व्यापार घाटा रु ३९३ अर्ब रहेको र रु ४२७ अर्बको विप्रेषण नेपालमा भित्रिने गरेको जानकारी दिए । मुलुकको आर्थिक वृद्धिदर दुई प्रतिशत मात्रै रहेकाले आगामी आर्थिक वर्षमा पाँच प्रतिशत वृद्धिदर पु¥याउने लक्ष्य सरकारको रहेको उनले बताए ।

घरखेत बाझो राखेर युवा विदेशिएपछि वार्षिक रु आठ अर्ब भन्दा बढीको तरकारी नेपाल भित्रने गरेको उनले बताए । अहिले पुनःनिर्माणका काम सुरु हुन लागेकाले पीडितलाई रकम उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले नीतिगत रुपमा सहयोग पु¥याउने भनाइ गभर्नर नेपालको छ ।

नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले बैंकको स्थापनापछि लगानीका अवसर बढ्ने र अर्थतन्त्रमा सुधार आउने बताए । छ लाख ग्राहक रहेको ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी रु ६ अर्ब १६ करोड रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप