नयाँ शक्ति देशकै पहिलो पार्टी बनिसक्यो : प्रवक्ता देवकोटा
काठमाडौं - नयाँ शक्ति नेपाल, काठमाडौं अन्तर्गत गोदावरी नगर परिषदले आइतबार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । ‘वर्तमान राजनीतिक परिस्थिति र वैकल्पिक राजनीतिको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै सदावहार नायिका तथा नेतृ करिष्मा मानन्धरले आफू सेलिब्रेटी मात्रै नभएर यो देशको नागरिक पनि भएको बताइन्। ‘म सेलिब्रेटी मात्रै होइन, चेलिबेटी पनि हुँ,’ उनले भनिन्, ‘म यो देशको नागरिक भएकोले राष्ट्र निर्माणमा मेरो पनि योगदान हुनुपर्छ ।’ उनले बिग्रिएको कुरालाई गाली गरेर बस्ने भन्दा आफैं बनाउन लागेमात्र मुलुकमा छिटो समृद्धि हुने स्पष्ट पारिन् । कार्यक्रममा प्रमुख अतिथि खिमलाल देवकोटाले नयाँ शक्ति वैकल्पिक राजनीतिक धार भएको बताए । ‘यो अहिलेको समयको आवश्यकता हो,’ उनले भने, ‘आर्थिक समृद्धि अहिलेको प्रमुख एजेन्डा हो, नयाँ शक्ति यो एजेन्डा बोकेर अगाडि बढिरहेको छ ।’ उनले अहिले सिंगो मुलुककै एजेन्डा आर्थिक एजेन्डा भएकोले नयाँ शक्ति एजेन्डाको हिसाबले मुलुकको पहिलो पार्टी भइसकेको बताए । माक्र्सवाद छाडेको हो कि भन्ने सहभागीको जिज्ञासामा उहाँले अहिले माक्र्सवादी भनिनेहरुले देशमा लागू गरेको नै वास्तविक माक्र्सवाद हो भने त्यो आफूले छाडेको बताए । ‘राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, उपप्रधानमन्त्री सबै माक्र्सवादी भनिने छन्, तर देशमा भ्रष्टाचार, कालोबजारी, तस्करी, बलात्कार, अत्याचार, महंगी व्याप्त छ,’ उनले भने, ‘यस्तो विकृतिलाई पछ्याउने माक्र्सवाद छाडेकै हो तर किसान, मजदुर र आधारभूत जनताको जीवनस्तर उकास्ने आर्थिक समृद्धि नै माक्र्सवाद हो भने त्यो हामीले छाडेका छैनौं ।’ उनले मुट्ठीभर मानिसहरु रातारात सम्पन्न भएर बहुसंख्यक जनता सधैं अभाव र गरिबीमा बाँच्नुपर्ने अवस्थाको नयाँ शक्तिले अन्त्य गर्ने बताए । उनले वैकल्पिक राजनीतिका आधारभूत मान्यताहरुको चर्चा गरेका थिए ।
कार्यक्रममा तीन नं। प्रदेशको संयोजक बलावती शर्मा, केन्द्रीय परिषद सदस्यहरु निर्मल भट्टराई, अरुणा रायमाझी, रोशन पोखरेललगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण