बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

डोटीमा चितुवा आतंक : एकको मृत्यु, स्थानीय आतंकित

सोमबार, २० वैशाख २०७३, १९ : १६
सोमबार, २० वैशाख २०७३
डोटी – सुदुपश्चिमको क्षेत्रिय सदरमुकामसमेत रहेको दिपायल कुलपातेमा चितुवाको आतंक अहिले सम्म पनि नियन्त्रणमा आएको छैन ।आईतवार साँझ ७ बजे तिर दिपायल विमानस्थल क्षेत्रमा पुनः चितुवा देखिए पछि स्थानिय त्रसित भएका छन् ।

एक हप्ता अघाडि मात्र जिल्ला ट्राफिक कार्यालय दिपायल अगाडि एक जना भारतीय नागरिकलाई रात्रिकालिन समयमा आक्रमण गरी ज्यान लिएको चितुवालाई नियन्त्रणमा लिनका लागी सरकारी टोली बेहोसी बनाउने गोली र बन्दुक सहित जिल्लामा पुगेको भए पनि हालसम्म नियन्त्रणमा लिन सकिएको छैन । आज आईतवार दिउँसो मात्र लुगा धुनका लागी घरबाट निस्केकी कपल्लेकी गाविस वडा नं. ७ उमकोट घर भएकी ३० वर्षिया कलावती विक चितुवाको आक्रमणमा परि घाइते बनेकी छिन् । चितुवाले आक्रमण गर्दा उनको दाहिने खुट्टामा चोट लागेको छ । जंगली चितुवाको आक्रमण पछि उनलाई उपचारका लागी दिपायल स्थित सुजंग अस्पताल पुराईएको हो । उनी अहिले सामान्य अबस्थामा रहेको उनको उपचारमा संलग्न चिकित्सक अर्जुन वलायरले बताएका छन् । यसअघि चितुवाले गत मंगलवार पनि कपल्लेखि घर भएकी सरस्वती वोगटी घाँस काट्न गएको समयमा आक्रमण गरी घाइते बनाएकोे थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप