बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

पेरिसमा लच्कियो माण्डबीको कम्मर

मङ्गलबार, २१ वैशाख २०७३, ०८ : ४८
मङ्गलबार, २१ वैशाख २०७३

पेरिस–नेपालमा चर्चाको शिखरमा रहँदै आएकी गायिका माण्डबी त्रिपाठी आइतबार पेरिसको मुटुमा भेटिइन् । अप्रिलमा नर्वेबाट आफ्नो युरोप यात्रामा निस्किएकी माण्डवी नर्वे, फिनल्याण्ड, डेनमार्क, इटाली, स्पेन, जर्मनी हुँदै आइतबार पेरिस फ्रान्समा आफ्नो प्रस्तुति दिनको लागि आएकी थिइन् ।

नयाँ बर्ष २०७३ को अवसरमा गैर–आवसीय नेपाली महासंघ अन्तर्गत विभिन्न शाखाहरुले आयोजना गरेको सांस्कृतिक कार्यक्रम ‘मह यात्रा’ मा चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यसँगै सहभागि भएकी माण्डबीको पेरिसको कार्यक्रममा आएका नेपालीहरुले खुलेर प्रसंशा मात्र गरेनन् नाचेर पनि साथ दिए ।

सिम्पल–सिम्पल कान्छीको डिम्पल पर्ने गाला, मेरो बारुली कम्मर, मेरो मायालाई जिन्दावादलगायतका दर्जनौं गीत गायकी माण्डबीले प्रस्तुतीको सुरुवात भने राष्ट्रिय गीत ‘नेपालको झन्डा’बाट गरेकी थिइन् ।

गैर–आवसीय नेपाली महासंघ फ्रान्सले आयोजना गरेको उक्त कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदुत श्रीमती अम्बिका देवी लुइँटेलको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । कार्यक्रममा मह जोडीको ‘बाहुनबहादुर नेवरबहादूर’ तथा ‘मदनको फोटो स्टुडियो’ शीर्षकका प्रस्तुतिले दर्शकको मन जितेका थिए ।

कार्यक्रममा बोल्दै एनआरएन फ्रान्सका अध्यक्ष भक्त वाग्लेले बेला–बेलामा हुने यस्ता सांगीतिक कार्यक्रमले विदेशमा भएका नेपालीलाई आफ्नो कला संगीत र संस्कृतिको रक्षा गर्न सहयोग पुग्ने साथै नेपाली नेपाली बीचको माया बढ्दै जाने बताएका थिए । एक महिना अगाडी सुरु भएको यो सांगीतिक यात्रा जुन महिनामा मात्र सकिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप