बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

शैक्षिक संस्था बन्द, विद्यार्थीलाई सास्ती

मङ्गलबार, २१ वैशाख २०७३, १३ : ५७
मङ्गलबार, २१ वैशाख २०७३
काठमाडौँ –यहाँका सामुदायिक तथा निजी शैक्षिक संस्था आज बन्द गरिएका छन् ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले आफ्ना विद्यार्थी नेता तथा कार्यकर्ता पक्राउको विरोध गर्दै सम्पूर्ण शैक्षिक संस्था बन्दको आह्वान गरेको हो । यही वैशाख १५ गते काठमाडौँका जिल्ला शिक्षा अधिकारी शङ्करप्रसाद गौतममाथि कालोमोसो दलेर दुव्र्यवहार गर्ने क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश अधिकारी र जिल्ला सदस्य विकास अधिकारीलाई प्रहरीले वैशाख १७ गते पक्राउ गरेको थियो । सोही पक्राउको विरोधमा सोमबार जिल्ला शिक्षा कार्यालय काठमाडौँमा धर्ना दिन बसेका केन्द्रीय सदस्य कलम बडुवाल, काठमाडौँ जिल्ला सदस्य महेन्द्र तामाङ, सुमन तिम्सिना, रोजिना चौलागाईं र उषा किरणलाई थप पक्राउ गरेको क्रान्तिकारीका अध्यक्ष पूर्ण सिंहले जानकारी दिए । राहत शिक्षकका विषयमा मनोमानी निर्णय गरेको लगायत आरोप लगाउँदै सल्यानका जिशिअ बुर्खप्रसाद रजक लाई समेत आज कालोमोसो दली कारबाही गरिएको सङ्गठनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप