एमाले संसद्मा प्रभावकारी रुपमा प्रस्तुत हुने
मङ्गलबार, २१ वैशाख २०७३, १४ : २६
काठमाडौँ– प्रमुख सत्तारुढ दल नेकपा (एमाले) संसदीय दलले व्यवस्थापिका–संसद्मा प्रभावकारी ढङ्गले प्रस्तुत हुने दृढता व्यक्त गरेको छ ।
संसद् भवन नयाँ बानेश्वरमा आज बसेको एमाले संसदीय दलको बैठकमा बजेट अधिवेशनका विषयमा छलफल भएको पार्टीका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए। बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटको प्रक्रियाका विषयमा छलफल हुनाका साथै संसद्मा प्रभावकारी रुपमा प्रस्तुत हुने विषयमा छलफल भएको उनले बताए ।
सांसद रेवतीरमण भण्डारीका अनुसार प्रधानमन्त्री एवम् एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसद्मा उठाउने विषयमा प्रभावकारी रुपमा प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण