बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

‘अनेष्टी’को नाममा ठगी धन्दाः यसरी समातिइन् लक्ष्मीदेबी

मङ्गलबार, २१ वैशाख २०७३, १५ : ३३
मङ्गलबार, २१ वैशाख २०७३

काठमाडौं– दुई व्यक्तिलाई हङकङ पठाइदिने भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक पाङ्गताङ्ग गा.वि.स.वडा नं.४ का शिवलाल श्रेष्ठ र सिन्धुली कमलामाई नगरपालिका वडा नं.१४ की सरिता मगरलाई हङकङ पठाइदिने भन्दै चीनमा एक महिनासम्म अलपत्र पार्ने कपिलबस्तु चन्द्रौटा न.पा.वडा नं.८ घर भई काठमाडौंको म्हेपी बस्ने लक्ष्मीदेवि वि.क.लाई प्रहरीले पक्राउ गरेको हो । अनेष्टी इन्टरनेशनल ह्युमन रिसर्ज कन्सल्टेन्सी नामको कन्सल्टेन्सीबाट उनले श्रेष्ठ र मगरलाई उनले हङकङ पठाइदिने भन्दै जनही १३ लाख असुलेकी थिइन् । तर उनी श्रेष्ठ र मगरलाई चीनमै १ महिना सम्म अलपत्रमा पारेर सम्पर्कविहिन भएकी थिइन् भने उनीहरु आफ्नै खर्चमा नेपाल फर्कि आई आएपछि आफूहरु ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । उजुरी पछि महानगरीय अपराध महाशाखाबाट खटिएका विशेष प्रहरी टोलीले उनलाई सोमबार काठमाडौंको टोखाबाट पक्राउ गरेर आज सार्जजनिक गरेको हो । उनलाई आजै ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।

प्रहरीले विकले अन्य एक जना व्यक्ति संग मिली अष्ट्रेलिया लगायत अन्य विभिन्न देशहरुमा पनि पठाई दिने भनि विभिन्न व्यक्तिहरुलाई ठगी गरेको देखिन आएकोल सो विषयमा समेत यस अनुसन्धान भइरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप