बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

सल्यानका जिशिअमाथि कालोमासो

मङ्गलबार, २१ वैशाख २०७३, १५ : ५६
मङ्गलबार, २१ वैशाख २०७३

सल्यान –जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकलाई कालोमासो दलिएको छ । विप्लव नेतृत्वको नेकपा माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीले अधिकारीमाथि कालोमासो दलेको हो । मंगलबार बिहान सवा ११ बजे कार्यकक्षमा बसी रहेको अवस्थामा ४ जनाको समूहमा आएका विद्यार्थीले रजकमाथि कालोमासो दलेका हुन् । कालोमासो दले लगत्तै ती व्यक्तिहरु भागेका थिए । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष कमल वलीको नेतृत्वमा पुगको टोलीले आफुमाथि कालोमासो दलेको जिल्ला शिक्षा अधिकारी रजकले बताए । जिल्लाको समग्र शिक्षाको अवस्था, सम्भावना र चुनौतीका विषयमा सौहार्दपूर्ण वातावरणमा छलफल भई रहेको अवस्थामा अकस्मात आफुमाथि कमल वलीले कालोमासो दलेको उनले बताए ,। जिल्ला शिक्षा अधिकारी रजकमाथि आफ्नो संगठनले कालोमासो दलेको अखिल क्रान्तिकारीले जिम्मेवारी लिएको छ । संगठनका लगत्तै विज्ञप्ती जारी गर्दै जिम्मेवारी लिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप