थरुहट आन्दोलनको ९ महिनाः आमहड्तालसहितको थप आन्दोलन घोषणा
काठमाडौं–थरुहट–थारुवान संयुक्त संघर्ष समितिले थप आन्दोलनको घोषणा गरेको छ । मंगलबार काठमाडौंमा सम्पन्न केन्द्रीय आन्दोलन परिचालन समितिको बैठकले थप आन्दोलनको घोषणा गरेको हो । जसअनुसार बैशाख २४ गते थरुहट–थारुवान सम्पूर्ण जिल्लाहरु सहित काठमाडौ उपत्यकामा सर्वपक्षिय बैठक गर्ने, बैशाख २५ देखि जेठ २ गतेसम्म विभिन्न जिल्लाहरुमा विरोध सभा गर्ने तथा जेठ थरुहट–थारुवानका सम्पूर्ण जिल्लाहरुमा आमहड्ताल गर्ने रहेको थरुहट–थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिका संयोजक धनिराम चौधरीले जानकारी दिए ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा चौधरीले वर्तमान सरकार हाल मुलुकमा भएको राजनीतिक असहमतीहरुलाई सम्बोधन गर्न असफल भएको समेत बताए । ‘थरुहट÷थारुवान लगायत अन्य आन्दोलनकारीहरु संग पनि आम सहमती गरी मागहरु सम्बोधन गर्न असफल समेत भएको छ,’ उनले थपे, ‘भूकम्प पीडित जनताहरुको उद्धार एवम् पुनःनिर्माणमा पनि असफल भएको छ, महंगी कालाबजारी, इन्धन एवम् खाद्यान्नको सहज आपूर्ती लगायत अन्य जनजीविकाका सवालहरुमा पनि पूर्णरुपले यो सरकार असफल भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण