बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

डोल्पामा पहिलोपटक जापानिज इन्सेफ्लाइटिसबिरुद्धको खोप

मङ्गलबार, २१ वैशाख २०७३, १६ : ३२
मङ्गलबार, २१ वैशाख २०७३

डोल्पा  –डोल्पामा पहिलो पटक लामखुट्टेको टोकाईबाट लाग्ने जापानिज ईन्सिफ्लाईटीस बिरुद्धको खोप कार्यक्रम संञ्चालन गरीएको छ । डोल्पाली बालबालिकालाई लामखुट्टेको टोकाईवाट हुने संक्रमणबाट बचाउन पहिलोपटक यो खोप संञ्चालन गरिएको खोप सुपरभाईजर अधिकृत संञ्जय कुमार मण्डलले जानकारी दिए ।

जिल्लाका सोह्र वटा गाँउ बिकास समितीका १ देखि १५ बर्ष उमेर समुहका सम्पुर्ण बालवालिकालाई आज खोप लगाईएको मण्डलले बताए । जिल्लाका १ देखि १५ बर्षका १६ हजार बालवालिकालाई लक्षित गरिएको र तल्लो डोल्पामा कार्यक्रम २१ गते देखि २९ गतेसम्म संञ्चालनहुने उहाँले जानकारी दिए । आज मात्रै त्रिपुराकोट गाविसको वडानं एक र दुईका दुईसय नब्बे जना बालवालिकाले खोप लगाएको त्रिपुराकोट स्वास्थ्य चौकीमा कार्यरत अ.न.मि सुष्मा न्यौपानेले जानकारी दिए । उपल्लो डोल्पाका बाँकी सात गाविसमा बशाख ३० गते देखि जेठ ७ गतेसम्म खोप कार्यक्रममा संञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ । रामचन्द्र न्यौपानेबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप