व्यस्त सडकमा सरकारी गाडी अलपत्र छाडेर मन्त्रीको पिए वेपत्ता
इटहरी – विगत ७ दिनदेखि इटहरीको व्यस्त सडकमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय बिराटनगरको गाडी अलपत्र अबस्थामा छाडिएको छ । केही साता अघि उघोग मन्त्री सोम प्रसाद पाण्डेका निजी सचिव गुरास आत्रेय इटहरी आउदा उक्त गाडी प्रयोग भएको थियो । गुण नियन्त्रण क्षेत्रीय कार्यालय बिराटनगरको बा २ झ १६५२ नम्बरको टाटा सोमो गाडी आत्रेयले आफ्नो निजि काममा आउँदा प्रयोग गरेका हुन् । बिराटनगरबाट इटहरी आउदाँ गाडी बिग्रेपछि इटहरी उपमहानगरपालिका अगाडीको सडक पेटीमा बेबारिसे अवस्थामा छाडेर उनी हिँडेको बताइएको छ । यसरी सरकारी नंम्बर प्लेटको गाडी धेरै दिनदेखी सडकमा अलपत्र परेपछि खोजि कार्य भएको थियो । त्यसलगत्तै मन्त्रीको पिएले गाडी छाडेर हिँडेको खुल्न आएको हो । सरकारी सम्पती संरक्षण गर्न सरकारले मातहतका कर्मचारीलाई पटक पटक आव्हान गरेतापनि मन्त्रीकै पिएले भने यस्तो हर्कत गरेका हुन् ।
यसैबीच लाका प्रहरी कार्यलय इटहरीको थोरै दुरीमा रहेको उक्त सरकारी सवारी बारे प्रहरी तथा इटहरीमै रहेको पुर्वाञ्चल ट्राफिक प्रहरी कार्यलयले अनभिज्ञता प्रकट गरेको छ । सरकारी गाडी सात दिन सम्म सडकमा अलपत्र रुपमा रहँदा जिम्मेवारी निकायले केहि चासो नदेखाउनुले थप हेलचेक्राई भएको पुष्टि हुन्छ । इटहरी पुर्व लाइनस्थित मितेरी होटल अगाडिको सडकमा रहेको उक्त गाडि निकै दिन हुँदा समेत कसैले नलगेको होटल संचालक गोविन्द थापाले बताए ।
स्थानिय युवा जीवन गेलालले सरकारी सवारीको दुरुपयोग भएको बताए । जनताको करबाट जोडिएको उक्त सवारीलाई सरकारी निकायका कर्मचारीले चरम लापवार्हि गरेको पुष्टि भएको भन्दै यस्तो कार्य गर्ने व्यक्तिलाई कारवाहि गरिनु पर्ने धारणा राखे । यता उघोग मन्त्रीका निजि सचिव गुरास आयेत्रले आफुले उक्त सबारी प्रयोग गरेको बताउदै इटहरीमा बिग्रेपछि खादय प्रबिधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय बिराटनगरलाई जानकारी गराएर काठमाडौ फर्किएको बताए । तर, आफुलाई उक्त गाडी अझै मर्मत भएको नभएको जानकारी नभएको बताए । उनले भने–मैले काठमाडौ फर्किदा इटहरीका डिएसपी साबलाई जानकारी गराएको थिए, अब तुरुन्त गुण नियन्त्रण कार्यालयलाई खबर गरेर गाडी हटाउन लगाउछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण