बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

तारुकामा सहयोगको प्रतिबद्वता

मङ्गलबार, २१ वैशाख २०७३, १७ : २२
मङ्गलबार, २१ वैशाख २०७३
नुवाकोट–नुवाकोट जिल्लाको तारुकामा खानेपानी संभाव्यता स्थलहरुको अध्ययन÷अवलोकन गरिएको छ । वर्षौदेखि खानेपानी समस्या भोग्दै आएका तारुकाबासीलाई खानेपानी सुविधा उपलब्ध गराउने उद्देश्यले पानी सम्भाव्यता क्षेत्रको आवलोकन गरिएको हो । काठमाडौंबाट गएको बरिष्ठ पर्यटन ब्यावसायी तथा समाजसेवी मोहन लम्सालको नेतृत्वमा क्यानेडियन नागरिक इरभिन, गन्तब्य नेपालका अध्यक्ष शिव अधिकारी, अर्थ र ब्यापारका नविन काफ्ले, गैरआवसिय नेपाली मोहन श्रेष्ठ लगायतको टोलीले खानेपानीको सम्भावित क्षेत्रहरुको अवलोकन गरे । वडा ८ मा रहेको भूकम्पका कारण क्षतिपु¥याएको पिपलडाँडा विद्यालयको अध्ययन तथा बुद्यसिंङ्ग गाविस स्थित ढाडाखर्क स्थित ढाडाखर्क प्राविको बिद्यालयको समेत निरिक्षण गरिएको थियो । पिलिडाँडा विद्यालयमा आयोजित समारोहमा गैरआवासीय नेपाली मोहन श्रेष्ठले विद्यालय भवन निर्माणका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता जनाउँदै तत्कालका लागि विद्यालय व्यवस्थापनका लागि ५० हजार रुपैयाँ सहयोग समेत प्रदान गरे । त्यस्तै प्रमुख अतिथिका रुपमा निम्त्याईएका बरिष्ठ पर्यटन व्यवसायी एवं समाजसेवी मोहन लम्सालले विद्यालय निर्माणका लागि आफु प्रयत्नशिल रहेको बताए । कार्यक्रममा गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले भूकम्पका कारण विद्यालयको अवस्था अवस्था देख्दा दुख लागेको भन्दै यथाशक्य विद्यालय निर्माणका लागि पहल गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप