तारुका खुल्ला दिशामुक्त क्षेत्र घोषित
नुवाकोट, बैशाख २१– नुवाकोटको तारुका गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषित गरिएको छ । मंगलबार स्थानीय श्रीकृष्ण उच्च माविमा आयोजित एक विशेष कार्यक्रमका बीच खानेपानी तथा ढल निकास विभाग क्षेत्रीय अनुगमन तथा सुपरिक्षेत्रण कार्यालयका क्षेत्रिय निर्देशक शुदर्शन भण्डारीले तारुकालाई खुल्ला दिशामुक्त गाविस घोषित गरे । ‘माघे मेला, तारकेश्वर, शिवालय कोट, खुल्ला दिशामुक्त गाउँ तारुकाबासीको अठोट’ भन्ने मुल नाराका साथ तयार गरिएको गाविसस्तरीय सरसफाई रणनीतिक कार्ययोजना २०७२ को लक्ष्य अनुरुप तारुकालाई नुवाकोटको चौथो एबम् विनाशकारी भुकम्पपश्चातको पहिलो खुल्ला दिशामुक्त गाविस घोषित गरिएको गाविस सचिव बालचन्द्र पुनले रातोपाटीलाई जानकारी दिए । यसअघि नुवाटको तुप्चे, चौघडा र चतुरालेलाई खुल्ला दिशामुक्त गाविस घोषणा गरिएको थियो । गाविस सचिव पुनका अनुसार क्षेत्र नम्बर तीन अन्तर्गत तारुका तुप्चेपछिको दोस्रो खुल्ला दिशामुक्त गाविस बनेको छ ।
गाविसलाई खुुल्ला दिशामुक्त क्षेत्र घोषित गरिएसँगै जरिवानासहितको आचारसंहिता समेत तयार पारिएको बताइएको छ । यद्यपी भुकम्पको कारण कयौं सर्वसाधारणको चर्पी भत्किएको तथा कतिपयको भुकम्प र भुकम्पपछि पनि चर्पी नभएकाले आचारसंहिता कार्यन्वयनमा चुनौति रहेको सरोकारवालाहरु बताउँछन् ।
तारुकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषित गर्ने कार्यक्रममा विभिन्न स्थानीय बुद्धिजिवि तथा राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण