बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

अमेरिकामा जन्मेकी ८ वर्षीया प्रिशाको अंग्रेजी गीत टर्न अप चर्चाको शिखरमा (भिडियोसहित)

मङ्गलबार, २१ वैशाख २०७३, १८ : ३४
मङ्गलबार, २१ वैशाख २०७३

वाशिंगटन–अमेरिकामा जन्मेकी दोस्रो पुस्ताकी ८ वर्षीया नेपाली चेली प्रिशा श्रेष्ठले युट्युबमार्फत अंग्रेजी भाषामा टर्न अप बोलको गीत गाएकी छिन् । आगामी जुलाईमा ८ वर्ष पुरा पुग्ने प्रिशाको जन्म जुलाई २०, २००८ मा भएको हो ।

आमा सृजना उप्रेती तथा बुबा विजय श्रेष्ठको दोस्रो सन्तानको रूपमा अमेरिकाको मेरीभिलमा जन्मिएकी प्रिशा हाल एउटा सांगीतिक एल्बम बनाउने तयारीमा छिन् । अमेरिकाको भर्जिनियामा बस्दै आएकी प्रिशा श्रेष्ठको गीतको भाव बाल मनोरञ्जनसगँ सम्वन्धित छ ।

गीतमा सँधै हाँसिरहने, रमाइलो गरिरहने जीवन नै सार्थक जीवन हो भन्न खोजिएको छ । सम्भवत ८ वर्षकी गायिकाले गाएको पहिलो विद्युतिय संगीत प्रयोग भएको गीत हो । जसमा इनिमिनीको शब्द तथा ज्योती श्रेष्ठको संगीत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप