साउदी अरेवियाबाट ग्लोबल आईएमई बैंकको रेमिट्यान्स कारोवार सुरु
काठमाडौं–रेमिट्यान्स कारोबार सहज होस भन्ने उद्धद्देश्यले ग्लोबल आइएमई बैंकले साउदी अरेबियाको नेशनल कर्मसियल बैंकको क्विक पेय सेवासँग मिलेर नेपालमा रेमिट्यान्य पठाउन सुरु गरेको छ ।
यो सेवा सुरु भएसँगै अब साउदी अरेवियामा रहेका नेपालीहरुले नेशनल कर्मसियल बैंकको क्विकपेय सेवाका १५० वटा एजेन्टहरुमार्फत नेपालमा आफ्ना आफन्तलाई सजिल्यैसँग पैसा पठाउन सक्नेछन् । यसरी पठाएको पैसा देशभर रहेका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरु, आइएमई रेमिट्यान्सका एजेन्टहरु र एस रेमिटका एजेन्टहरु मार्फतबाट तुरुन्त भुक्तानी गर्न सकिने छ ।
ग्लोबल आइएमई बैंकले स्थापना काल देखि नै युएई, कतार, बहराईन, भारत, अष्ट्रेलिया, जापान, मलेसिया, दक्षिण कोरीया लगायतका मुलुकहरुका बैंक तथा एक्स्चेन्ज हाउसहरु संगको सहकार्यमा रेमिट्यान्स कारोबारलाई विशेष प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आईरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण