पश्चिमाञ्चलका चार जिल्लामा वर्षेनी खाद्यन्न अपुग
मङ्गलबार, २१ वैशाख २०७३, १८ : ४६
पोखरा – पश्चिमाञ्चलका चार जिल्लामा वर्षेनी खाद्यन्न अपुग हुने गरेको छ । खाद्यान्न अपुग हुने जिल्लामा मनाङ, मुस्ताङ, गोर्खा र कास्की रहेका छन् ।
मनाङ, मुस्ताङ, र गोर्खामा खेतीयोग्य जमिनको अभाव भएर खाद्यान्न अपुग हुने गरेको हो भने कास्कीमा जमिन भएर पनि बर्सेनी खेतीयोग्य जमिन खण्डीकरण हुनुले खाद्यान्न अपुग हुने गरेको क्षेत्रीय कृषि निर्देशनालय पोखराले जनाएको छ ।
कास्की जिल्ला रेमिट्यान्स र अन्य आयका कारण खाद्यान्न अपुग भए जस्तो नदेखिएको क्षेत्रीय कृषि निर्देशक बेनीवहादुर वस्नेतले जानकारी दिएका छन् ।
उनले कास्कीमा अन्य आम्दानी नहुने हो भने यहाँका मानिसले पेटभरि खान नपाउने बताए ।
कृषि सूचना तथा सञ्चार केन्द्र हरिहर भवन ललितपुरको आयोजनामा मंगलवार पोखरामा आयोजित कृषि सञ्चारकर्मी, पत्रकार, वातवरण विज्ञ र कृषि सूचना तथा संञ्चार केन्द्रका पदाधिकारी बीचमा भएको छलफल कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्ने विज्ञहरुले सो कुरा खुलासा गरेका हुन् ।
विज्ञहरुका अनुसार हाल देशका ३२ जिल्लामा खाद्यान्न अपुग हुने गरेको छ । देशको कूल जनसंख्याको झण्डै १४ प्रतिशत नागरिक खाद्यान्न संकटमा रहेको उनीहरुले वताए ।
पश्चिमाञ्चल विकास क्षेत्रमा बर्सेनी ५ प्रतिशतको दरले धान उत्पादन घट्दै गएको उनले बताएका छन् । जलवायु परिवर्तनसँगै अतिवृष्टि र अनावृष्टिका कारण धान उत्पादनमा गिरावट आएको हो ।
पछिल्लो समयमा प्रतिवर्ष ०.०६ डिग्री सेन्टिग्रेड तापक्रम बढ्दै गएको र त्यसले मौषमी बालीनालीमा प्रत्यक्ष असर पारेको कृषिका जानकारहरुको भनाई छ ।
नेपालमा यो मौषममा पानी नपरेका कारण २ अर्ब ८१ करोड ४३ हजार ६ सयभन्दा वढीको क्षति हुने आँकलन गरिएको छ ।
यही अवस्था रहेमा विक्रम सम्वत २०९० सालसम्ममा १२ प्रतिशत मकै, २३ प्रतिशत धान, १३ प्रतिशत गहुँ र ८ प्रतिशत अन्यवालीको उत्पादन घट्ने लीवर्ड पोखराका कृषि वैज्ञानिक विकास पौडेलले जानकारी दिएका छन् ।
जलवायु परिवर्तन कै कारण नेपालमा वर्सेनी १ सय ४० मिलियन डलर वरावरको खाद्यन्न उत्पादन कम हुँदै आएको उनले वताए ।
देश अहिले १२ वटा विभिन्न जातका वाली र ५ वटा विभिन्न प्रकारका घर पालुवा जनवरले धानिएको उनको भनाई छ ।
सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै कृषि सूचना तथा संञ्चार केन्द्रका वरिष्ट वागवानी विकास अधिकृत दुर्गाप्रसाद पण्डितले संञ्चार क्षेत्रमा केन्द्रले गरेका गतिविधी वारे जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागीहरुले कार्यक्रमलाई कर्मकाण्डी मात्रै नवनाई आएका सुझाव र गुनासाहरुको यथोचित सम्वोधन गर्नु पर्ने खाँचो औल्याएका छन् ।
पछिल्लो समयमा ग्रामीण भूभागका मानववस्ती खाली भएपछि जंगली जनावरको अक्रमणले समेत कृषि क्षेत्रमा हानी पुर्याएको कृषक अगुवाहरुले वताएका छन् ।
सो कार्यक्रममा प्रस्तुत भएका ३ वटा कार्यपत्र सम्वन्धी क्षेत्रीय कृषि अनुसन्धान केन्द्र प्रमुख धनवहादुर घर्ती, क्षेत्रीय कृषि तालिम केन्द्र प्रमुख प्रकास संञ्जेल र वरिष्ट कृषि प्रसार अधिकृत ह्ृदयनाथ घिमिरेले टिप्पणी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण