बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

समग्र समस्या हल गर्न राष्ट्रिय सहमति अनिवार्य : प्रचण्ड

मङ्गलबार, २१ वैशाख २०७३, १८ : ५१
मङ्गलबार, २१ वैशाख २०७३

काठमाडौं– एमाओवादी  संसदीय दलको बैठक आज बसेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको उक्त बैठकमा दलका नेता  अध्यक्ष प्रचण्डले पार्टीका सांसदहरुलाई  आजबाट बजेट अधिवेशन सुरु भएको बताए ।उनले अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल हुने बताए ।

 प्रचण्डले पुनर्निर्माण, खडेरी, डढेलो लागेको क्षेत्रका माननीय सदस्यहरुलाई सशक्त ढंगले सदनमा विषयहरु राख्न निर्देशन पनि दिए । साथै जनताले भोग्नु परेका जल्दाबल्दा समस्याहरुका विषयमा सदनमा राख्न विशेष दिर्नेशन दिए ।

बैठकलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले देशको वर्तमान स्थितिको बारे प्रकाश पार्दै समग्र समस्या हल गर्न राष्ट्रिय सहमतिको अनिवार्य आवश्यकता भएको समेत बताए । शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्ने, पुनर्निर्माणको कामलाई तीबैताका साथ अगाडि बढाउने संविधानको कार्यान्वयन गर्ने, मधेसको आन्दोलनलाई छलफलद्वारा हल गर्ने, जनजीविकाका समस्याहरुलाई समाधान गर्नुपर्ने बताए । यसको निम्ति राष्ट्रिय सहमतिको अनिवार्यता रहेको उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप