बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

ग्यास सिलिन्डर लुकाई राख्ने पक्राउ

मङ्गलबार, २१ वैशाख २०७३, १९ : १५
मङ्गलबार, २१ वैशाख २०७३

काठमाडौँ–ग्यास सिलिण्डर लुकाई छिपाई राख्ने काठमाडौँ महानगरपालिका–३५ महादेवस्थान मार्गमा रहेको निरज स्टोर्सका संचालक निरज जोशीलाई प्रहरीले ८ थान भरी ग्यास सिलिण्डरसहित पक्राउ गरेको छ ।

जोशीले भरी ग्यास सिलिण्डर लुकाएर ग्राहकलाई ग्यास छैन भन्दै बढी मुल्य तिर्नेलाई लुकाईछिपाई बेच्ने गरेका थिए । ग्यास लुकाएको सूचना प्राप्त भएपछि महानगरीय प्रहरी वृत बानेश्वरबाट खटिएको प्रहरी टोलीले तलासी गर्दा खाली सिलिण्डरहरुको बीचमा लुकाईछिपाई राखेको अवस्थामा बाबा र श्री ग्यासको भरी सिलिण्डर फेला परेको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी नारायण चिमौरियाले जानकारी दिए ।

डिपोमा लुकाई राखेको ग्यास प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप