लेइसिस्टेरको उपाधी यात्रा : यसरी सफल भए असफल खेलाडी र प्रशिक्षक
यस सिजनको इंलिस प्रिमियर लिग सुरु हुदैँ चेल्सी, म्यानचेस्टर सिटी, आर्सनल र म्यानचेस्टर युनाइटेडको नाम संभावित उपाधी विजेताको सूचिमा अगाडी थियो किनकी प्रिमियर लिगका महगाँ खेलाडीहरु यिनै टोलीमा थिए । तर सिजनको अन्त्य नहुदैँ उपाधी जित्ने यि सबै टोलीहरुको सपना भताभूंग भयो । तुलनात्मक रुपमा कम खर्चिलो टोली टोटेनह्यामले उपाधीका लागि दाबेदारी प्रस्तुत गरिरहेको थियो । तर यसपटक राम्रो खेलेर पनि टोटेननह्याम उपाधी जित्न असफल रह्यो । चेल्सी र टोटेनह्यामबीचको खेल बराबरीमै टुंगिएपछि लेइसिस्टेर सिटीले इतिहासमै पहिलोपल्ट इंलिस प्रिमियर लिगको उपाधी जितेको छ । सिजनको अन्त्यतिर निकै फर्ममा रहेको टोटेनह्याममाथि उपाधी जित्न असफल भएपछि अभागी टोलीको ट्याग लागेको छ र केही विश्लेषकहरुको नजरमा लेइसिस्टेर भाग्यशाली साबित भएको छ । लिइसिस्टेरका १२ औँ खेलाडी क्लाउडियो रेइनेरीको करियर नियाल्नेहरु भने यसलाई भाग्यसँग तुलना गर्न सक्दैनन् किनकी निकै उत्कृष्ट प्रशिक्षक हुदाँहुदैँ पनि रेइनेरीले उपाधी जित्नका लागि ६४ जीवनको ६४ वसन्त कुर्नुपर्यो ।
चेल्सीबाट निकालिएका प्रशिक्षक र अन्य क्लबले नपत्याएका खेलाडीहरु क्लाउडियो रेइनेरी खेलाडी जीवनमा दोस्रो डिभिजनमा खेल्थे । प्रशिक्षक बनेपछि उनले पहिलो डिभिजनका थुप्रै क्लब सम्हाल्ने अवसर पाए । तर ठूलो धनराशी खर्चने क्लबहरुले उनलाई कहिल्यै पत्याएनन् । पहिलो डिभिजनमा खेल्ने क्लबहरुमा राम्रै नतिजा निकालेपनि रेइनेरीले जीवनमा कहिल्यै ठूला लिग जितेनन् । यसअघि उनले प्रशिक्षकका रुपमा जितेका ठूला उपाधी भनेको स्पेनिस कोपा डेल रे र कोपा इटालिया थिए । यसबाहेक उनले भ्यालेन्सियालाई युईएफए सुपर कप जिताएका थिए । दोस्रो डिभिजनमा भने उनले थुप्रै लिगहरु जिताए । ग्रीसको राष्टिय टिमले युरो कपको छनोटमा राम्रो गर्न नसकेपछि क्लाउडियो बर्खास्ती परे र उनी लेइसिस्टेर आए । गत सिजन अन्तिम खेल जितेर रेलिगेसन टारेको लेइसिस्टेरले यसपटक प्रिमियर लिग जित्दै उनको प्रशिक्षण जीवनलाई उचाईमा लगेको छ । अर्को संयोग के पनि छ भने उनी सन् २००० देखी चेल्सीमा थिए । चेल्सी क्लब ठूलो आर्थिक संकटबाट गुज्रिएका बेला प्रशिक्षक रहेका रेइरेरीले नै आफ्नो कार्यकालमा चेल्सीलाई पुरै सिजन कुनै पनि खेलमा पराजित हुन दिएनन् । चेल्सी लिगमा दोस्रो भयो र च्याम्पियन्स लिगको सेमिफाइनल पनि पुग्यो । तर चेल्सीमा नयाँ मालिक रोमन इब्राभोमिच आएपछि उनको योगदानको कुनै कदर भएन । उपाधीको भोक पालेका इब्रोभोमिचले उनलाई निकालेर होसे माउरिन्होलाई प्रशिक्षक नियुक्त गरे ।
खेलाडी लेइसिस्टेरको जीतको श्रेय सम्पूर्ण टोलीलाई जान्छ । पुरै सिजनभर यो टोलीले एक भएर खेल्यो । टोलीमा कुनै स्टार खेलाडी नभएपनि उपाधी जितेर इतिहास रच्यो । लिग सकिदाँसम्म टिमका तीन खेलाडी अब प्रिमियर लिगकै उत्कृष्ट खेलाडीमा परिणत भइसकेका छन् । स्टाइकर जेमी भार्डी र आक्रामक मिडफिल्डर रियाद महारेज प्रिमियर लिगकै हट केक बनेका छन् । यस सिजन मेहराजले ११ गोलका लागि पास दिए भने १७ गोल आफैँ गरे । उनी पिएफए वर्ष खेलाडी घोषित भइसकेका छन् । त्यस्तै जेमी भार्डिले २२ गोल गरे । उनले प्रिमियर लिगमा लगातार एघार खेलसम्म गोल गर्ने किर्तिमान बनाए ।लिगमा यसपटक लेइसिस्टेर सबैभन्दा कम खेलाडी प्रयोग गर्ने क्लब बन्यो । पिटर स्माइकल, वेस मोर्गन र मार्क अलब्राइगटनले यस सिजन अहिलेसम्म प्रिमियर लिगमा सबै खेल खेलेका छन् । त्यस्तै ३६ खेल सकिदाँसम्म एनगोलो कान्टे, रोर्बट हुथ र महारेजले ३५ खेल खेलेका छन् । खेलाडीहरुले यसरी पुरै समय मेहिनत गरेका कारण लेइसिस्टेरका प्रशिक्षक रेइनेरीलाई सिजनभर सुरुआती एघार छान्न कुनै कठिनाई भएन । अर्को भाग्य भनेको यि खेलाडी पुरै सिजन फिट हुनु पनि हो ।
रोचक कुरा यसरी लिगमा मेहिनतका साथ खेल्ने खेलाडीहरु अघिल्लो सिजन कुनै पनि ठूला क्लबको नजरमा परेनन् । बरु उल्टै थुप्रै खेलाडीले अन्यत्रका क्लबमा आफ्नो सम्झौता नवीकरण नभएपछि लेइसिस्टेर रोजेका थिए । सन् २०११ मा गोलकिपर कास्पर स्माइकेललाई लिड्स युनाइटेडले लेसिस्टेर सिटीमा बेचेको थियो । त्यतिबेला स्माइकरले आफू लिड्सको निर्णयबाट स्तब्ध बनेको प्रतिक्रिया दिएका थिए किनकी लेसिस्टेर निकै सानो क्लब थियो । सायद अब उनलाई पछुतो नहोला । लिसेस्टर सिटीले किन्नुअघि जेमी भार्डी र महारेजको प्रतिभालाई पनि कमैले चिनेका थिए । रोचक कुरा के छ भने सन् २०१० सम्म मेहराजलाई राम्ररी थ्रो बल फाल्न पनि आउँदैन थियो । अहिले लेसिस्टेर सिटीको सफलतामा जोडीएका यस्ता थुप्रै खेलाडीहरुले जीवनमा ठूलो असफलता व्यहोरेका छन् ।
के पैसाले सफलता किन्न सक्छ ? आधूनिक फुटबल पैसाले चल्छ भन्नेहरुका लागि लेसिस्टेरको सफलता ठूलो झापड हो । इंलिस प्रिमियर लिगमा पछिल्लो २१ वर्षयता आर्सनल, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र चेल्सीबाहेक अन्य क्लबले उपाधी जितेका थिएनन् । पछिल्लो समय टेलिभिजन रेभिन्यूबाटै ठूला क्लबहरुले राम्रो आम्दानी गर्दै आएका छन् । यस्तो अवस्थामा ठूला क्लबहरुको दबदबा प्रिमियर लिगमा कायमै रहने अनुमान गरिएको थियो । लेसिस्टेर सिटीले लिग सुरुआत गर्दा उसलाई कतिसम्म कमजोर आँकिएको थियो भने लेसिस्टेरले लिग जित्छ भनेर बाजी राख्नेहरुले १ पाउन्ड बराबर ५ हजार पाउन्ड पाउँथ्ये । क्लबका खेलाडीहरुले निकै न्यून पारिश्रमिक पाएका थिए ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण