केशरबहादुरको कमल थापालाई यस्तो चुनौति
काठमाडौं– पार्टी हितविपरितको गतिविधि गरेको भन्दै राप्रपा नेपालको निस्काशनमा परेका केशर बहादुर विष्टले आफू अझैं पनि शक्तिशाली भएको भन्दै कमल थापालाई चुनौति दिएका छन् । उनले आफूले पार्टीको एजेण्डाअनुसारको गतिविधि चलाउँदा त्यसप्रति समर्थन गर्दै आएका नेता कार्यकर्तालाई संस्थापन पक्षले धम्क्याउने गरेको दाबी गर्दै भने, ‘हाम्रा मान्छेहरुलाई कमल थापाका मान्छेहरुले धम्क्याउँदै आएका छन् । कमल थापा आफूलाई गुण्डा सम्झिन्छन् भने म पनि २१ पुस्ते काँठे गुण्डा हुँ, कोहि सँग कोहि ठराउने कुरा आउँदैन ।’ मंगलबार राजधानीको होटल एल्लो प्यागोडामा आयोजित भेलालाई सम्बोधन गर्दै उनले आफूले पार्टीको एजेण्डा रक्षा गर्नको लागि निरन्तर अभियान चलाइरहने समेत बताए । करीब ५० बढी विष्ट पक्षीय नेता कार्यकर्ता सहभागि उक्त भेलाले आगामी जेठ २ गते उपत्यका भेला गर्ने निर्णय गरेको विष्ट पक्षीय नेता दमन बस्नेतले रातोपाटीलाई बताए ।
विष्टको पक्षमा करिब डेढदर्जन केन्द्रिय सदस्यको साथ रहेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण