बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय ते–क्वान्दो निर्णायक तथा प्रशिक्षक दिनेश श्रेष्ठ बिशेष तालिम प्राप्त गरि स्वदेश फर्के

बुधबार, २२ वैशाख २०७३, ०५ : २६
बुधबार, २२ वैशाख २०७३

वाशिंगटन –अन्तर्राष्ट्रिय ते–क्वान्दो निर्णायक तथा प्रशिक्षक दिनेश श्रेष्ठ अमेरिकाको करिब दुई महिने भ्रमण पश्चात स्वदेश फर्केका छन् । उनले अमेरिका आउनु अगाडी पनि समयमा नै नेपाल फर्कने भनि सञ्चार माध्यमलाई जानकारी गरिएका थिए ।

श्रेष्ठले अमेरिकामा बिशेष तालिम लिन सफल भएका छन् । श्रेष्ठले अमेरिकामा भएको यूएस तेक्वान्दो प्रतियोगितामा २०१६, रिनो, नेभादा, २०१६ यूएस वल्र्ड ओपन तेक्वान्दो च्याम्पियनसिप पोर्टल्याण्ड, ओरेगन, २०१६ म्यारिल्याण्ड राज्यको तेक्वान्दो प्रतियोगिता ब्लेयर, म्यारिल्याण्ड, २०१६ भर्जिनिया स्टेट तेक्वान्दो च्याम्पियनसिप, एलेकज्यानड्रिया भर्जिनिया तथा २०१६ भर्जिनिया च्याम्पियनसिप रेस्टन, भर्जिनियामा आधिकारिक निर्णयको भूमिका सफलता पूर्वक गरि नेपाल पुगेका छन् ।

यसको साथै २०१६ एवेरेस्ट लव्र्ड क्लास ते–क्वान्दो प्रतियोगिता बाल्टिमोर म्यारिल्याण्डमा प्रमुख निर्णायकको समेत भूमिका निर्वाह गर्न सफल भएका छन् ।

उनले एचके लि एकडेमी तेक्वान्दो का ९ औँ कालो फित्ताधारी महागुरु एचकेलिसँग बिशेष तालिम प्राप्त गरेका छन् ।

यसको साथै श्रेष्ठले ईगल तेक्वान्दो फेडेरेसन भर्जिनिया तथा वल्र्ड एवेरेस्ट ते–क्वान्दो एकडेमी बाल्टिमोरमा बिशेष अतिथि परीक्षक भै सहभागी जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप