रमपम झापा ११ भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा
धनकुटा–धनकुटामा जारी सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको १२ औं संस्करण अन्तर्गत चौथो दिन मंगलबार भएको खेलमा रमपम झापा ११ विजयी भएको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा भएको खेलमा सेर क्लब कालेङपुङलाई १-० गोल अन्तरले पराजित गर्दै रमपम झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो ।
निकै प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफको ३० औं मिनेटमा रमपम झापा ११ का जर्सी नम्बर ११ का संजोक राईले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि निर्धारित समयमा कुनैपनि गोल नभएपछि त्यही गोल खेलको निर्णायक बन्यो । पहिलो हाफभन्दा दोस्रो हाफमा निकै दबाबमा परेको सेर क्लबले गोल राम्रा अवसर नै पाएन । मंगलबारको खेलमा सेर क्लब कालेङपुङका जर्सी नम्बर ११ का देबसिस राई म्यान अफ द म्याच घोषित भएका छन् । उनले नगद पुरस्कार प्राप्त गरेका छन् ।
आगामी वैशाख २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दुई अन्तर्राष्ट्रिय टिमसहित आठ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा बुधबार आयोजक धनकुटा ११ र बिआरसी भुटानबीच पहिलो सेमिफाइनल खेल हुने छ भने, बिहीबार रमपम झापा ११ र गोधुली क्लब सुनसरी बीच दोस्रो सेमिफाइनल खेल हुने प्रतियोगिता आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले नगद दुई लाख रुपैयाँ र उपविजेता टिमले एक लाख रुपैयाँ हात पार्ने आयोजक समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण