बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

हावाहुरीले ओखलढुंगामा १० ओटा टिएलसीका छानो उडायो

बुधबार, २२ वैशाख २०७३, ०७ : ५५
बुधबार, २२ वैशाख २०७३

ओखलढुंगा – केहि समयअघि चलेको हावाहुरीका कारण ओखलढुंगाका बिभिन्न भागका १० ओटा टिएलसीको छानो उडाइदिएको छ । २०७२ सालमा गएको भूकम्पपछि निमार्ण गरिएको अस्थाई सिकाई केन्द्र टिएलसी २०७३ सालको सुरुवाती हावाहुरीले उडाइदिएको हो ।

भूकम्पले विद्यायल भवन भत्किएपछि टिएलसीमै अध्यन गर्दै आएका विद्यार्थीहरु हावाहुरीले भवनको छनो उडाइदिएपछि समस्यामा परेका हुन् । हावाहुरीले जिल्लाको बलखु, तलुवा, रंगिनी र रातमाटेमा गरि १० ओटा टिएलसीको छानो उडाइदिएको जिल्ला शिक्षा कार्यलय ओखलढुंगाले जनाएको छ ।

जसमा सबैभन्दा बढि रातमाटेमा ४ ओटा विद्यालयका टिएलसीे उडाइदिएको छ । भने बलखुमा १, तलुवामा २ र रगनी गाविसका ३ ओटा रहेको जिल्ला शिक्षा अधिकारी बिरेन्द्रजंग थापाले जानकारी दिए ।

हावाहुरी टिएलसीको छानो उडाएको सम्बन्धी जिल्लामा मौखिक रुपमा घटना आइपुगेको भएपनि लिखित रुपमा भने आईनसकेको जिल्ला शिक्षा अधिकारी थापाको भनाई छ । सो स्थानमा अहिले त्रिपाल तथा टेन्टबाट पठनपाठन सञ्चालन भैरहेको थपाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप