बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

केपी ओलीलाई अर्को झड्का : प्रेस काउन्सिलको नियुक्ति कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

बुधबार, २२ वैशाख २०७३, १२ : ३६
बुधबार, २२ वैशाख २०७३

काठमाडौं – सञ्चारमन्त्री शेरधन र पार्टीका अन्य नेताहरुको असन्तुष्टिको बावजुद् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी निर्णय गरेर दिपक पाठकलाई नेपाल प्रेस काउन्सिलको सदस्यमा मनोनिनत गरेकोमा सर्वोच्च अदालतले उक्त निर्णयलाई कार्यान्वयन नगर्न आदेश दिएको छ । रामकुमार रिजालले मनोनयनबिरुद्ध दर्ता गरेको रिटमा न्यायाधीस चालेन्द्र शमेसर राणाको इजलासले उक्त निर्णय सुनाएका हुन् । एलनको तर्फबाट सुशील पन्त सतिष कृष्ण शंकर सुवेदी नवराज थपलियालगातले बहस गरेका थिए । निकै विवादीत छवि भएका पाठक प्रहरीको खोजी सूचीमा छन् । तर, प्रधानमन्त्री ओलीले दबाब दिएर उनलाई सदस्यमा नियुक्ति दिएका थिए । उनको नियुक्तिपछि निकै विवाद सृजना भएको थियो । यसअघि, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनको नियुक्ति फाइल नै बोकेर लगिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप