नयाँ सरकार बन्ने, पुरानो सरकार जाने संसद्को सामान्य प्रक्रिया : झलनाथ खनाल
काठमाडौँ - नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकलाई राजनीतिक स्थिरता तर्फ अगाडि बढाउने विषयमा सबैले सोच्नु जरुरी रहेको बताउँदै विकास निर्माणका लागि पनि सकारात्मक वातावरण बनाउन जोड दिएका छन् ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा बोल्दै उनले नयाँ सरकार बन्ने, पुरानो सरकार जाने संसद्को सामान्य प्रक्रिया भएकाले त्यसमा नअल्झिइकन मुलुकलाई अगाडि बढाउनुपर्ने तथा ऐतिहासिक दायित्वलाई पूरा गर्न संविधान कार्यान्वन गर्न पनि सबै दलको सार्थक प्रयास हुनुपर्ने उनले बताए । उनले भने ‘‘ हामीले चाल्ने कदम राष्ट्रिय सहमतितर्फ केन्द्रित हुनुपर्छ । विसं २०६२–६३ को जनान्दोलनपछि नै सुरु भएको राष्ट्रिय सहमतिको प्रक्रिया अगाडि बढेको हो । सहमतिका साथ अगाडि बढ्दा ठूला ठूला प्रगति हुन सकेको छ । त्यसले राष्ट्रिय एकतालाई बलियो बनाएको छ ।’’
संविधान कार्यान्वयन गर्नु अगावै फरक फरक तवरले सोचियो भने त्यसले मुलुकलाई नै घाटा पुर्याउने भएकाले त्यस्तो गलत काम नगर्न उनले सबैलाई सचेत गराए ।
एकीकृत नेकपा (माओवादी)का कृष्णबहादुर महराले नयाँ संविधानको कार्यान्वयन, भूकम्पपीडितलाई राहत तथा मधेस र जनजातिका मागलाई सम्बोधन गरेर राष्ट्रिय सहमति कायम गर्नुपर्ने औँल्याए ।
जनताको अपेक्षाअनुसार काम हुन नसकेको, छलफल बहस समेत हुन नसकेको, भूकम्पपीडित जनतालाई राहत दिने तर्फ कुनै सार्थक प्रयास हुन नसकेको उल्लेख गर्दै उनले मधेसवादी दलको आन्दोलनको पनि सार्थक सम्बोधन हुन नसकेको आक्रोश पोखे ।
बृहत् शान्ति सम्झौताको मर्म र भावनानुसार अगाडि बढ्ने काम नभएको र देश उल्टो गतितिर फर्कन लागेको बताउँदै उनले माओवादीका नेता तथा कार्यकर्तालाई मुद्दा लगाउने प्रक्रिया सुरु भएको तर सरकारले त्यसतर्फ ध्यान नदिएकामा असन्तुष्टि व्यक्ति गरे । बैठकमा अन्य सांसदहरुले भूकम्पपछिको पुनःनिर्माण, मधेसका माग र आगलागी पीडितका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले संविधानको कार्यान्वयन, मुलुकका विद्यमान समस्या समाधानका लागि पनि सबै पक्षको सार्थक पहलको आवश्यकता औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण