सरकारमा रहने वा नरहनेबारे राप्रपाले पार्टीको कार्यसम्पादन बैठक बसेर टुङ्गो लगाउने
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । रिपोर्टर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उनले नाकाबन्दीपछि कालोबजारी र महँगी नियन्त्रण गर्नुको सट्टा सरकारले अहिलेसम्म पनि पेट्रोलियम पदार्थ र ग्यासजस्ता जनताको दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न सकिरहेको छैन भने ।
करिब पाँच महिनाको नाकाबन्दी खुलेको लामो समय हुँदासमेत सरकारले वार्ता र सहमतिको आधारमा मधेसी दलको समस्या समाधान गर्न नसकेको उनको भनाइ छ ।
‘भूकम्प गएको वर्ष दिन भयो, अहिले पनि जनता पालमुनि नै छन्, बर्खा सुरू भयो, सरकारले पुनःनिर्माणको कार्यलाई अझै पनि अगाडि बढाउन सकेको छैन’–उनले भने ।
वरिष्ठ नेता राणाले आफ्नो पार्टी अब वर्तमान सरकारमा रहने वा नरहनेबारे तत्काल पार्टीको कार्यसम्पादन बैठक बसेर टुङ्गो लगाउने बताए ।
पत्रकारहरूको एक प्रश्नमा उनले भने,–‘अब बन्ने नयाँ सरकारमा एमाओवादी अध्यक्ष प्रचण्ड वा कसलाई सघाउने भन्नेबारे पार्टीको बैठकले निर्णय गर्नेछ, तर सहमतिको राष्ट्रिय सरकार अबको आवश्यकता हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण