बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

एक सातापछि बन्द हवाई सेवा खुल्यो

बुधबार, २२ वैशाख २०७३, १४ : १३
बुधबार, २२ वैशाख २०७३

डोल्पा  –डोल्पामा यातायातको मुख्य साधनको रुपमा रहेको जुफाल बिमानस्थलको हवाईसेवा आजदेखि सुचारु भएको छ । बैशाख पहिलो हप्ता डोल्पाको आकाशमा देखिएकोे तँुवालोले कारणले हवाईमार्ग बन्द भएपछि एकहप्ता देखि रोकिएको हवाईसेवा आजदेखि पुन संञ्चालनमा आएको हो । तँुवालो हटेर मौसम सफाभई हवाईसेवा सुचारु भएपछि पर्यटकहरु तथा सर्बसाधारणहरुलाई आवत जावतगर्न सहज भएको छ । आज नेपालगञ्ज देखि तारा र काष्टमण्डप एअरलाईन्सले एक एक वटा उडान भरेका थिए । आजमात्रै सोह्र जना यात्रुले नेपालगञ्ज उडान गरेको तारा एअर डोल्पा स्टेसनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप