अनलाइन जुवा खेलाउने पक्राउ
बुधबार, २२ वैशाख २०७३, १४ : ५४
काठमाडौं–काठमाडौं महानगरपालिका–२२ सुन्धारा स्थित काठमाडौं मलमा रहेको चुस्की मःम सेन्टरमा अनलाईन जुवा खेलाउने संचालक चन्दन कुमार साह र भारत दिल्ली घर भई हाल धोबिधारा बस्ने बन्ठी गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।
साहले अनलाईन जुवा खेलाउँछन भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत जनसेवाबाट सोमबार खटिएको प्रहरी टोलीले उनलाई १ थान ट्याब्लेट, १ थान सामसुङ मोबाईल, नगद २ लाख ४६ हजार रुपैयाँ र विभिन्न फाईनान्सका ४ थान चेक सहित पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा बन्ठी गुप्तासंग अनलाईन मार्फत जुवा खेल्ने र गुप्ताले विभिन्न व्यक्तिहरुसँग सम्पर्क गरी जुवा खेलाउने गरेको भन्ने खुल्न आएपछि प्रहरीले गुप्तालाई समेत मंगलबार सुन्धराबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण