पुष्पलाल पुरस्कार स्याङ्बो, उपाध्याय र पटेललाई
काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक/सैद्धान्तिक, इतिहास र साहित्य, संस्कृति तथा विज्ञान क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने तीन जनालाई आज पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान गरिन् ।
यसरी पुरस्कृत हुनेमा राजनीतिकरसैद्धान्तिक क्षेत्रमा सिन्धुपाल्चोकका हर्ष स्याङ्बो, इतिहासमा स्याङ्जाका प्राचार्य गोपीरमण उपाध्याय र साहित्य, संस्कृति तथा विज्ञानमा पर्साका प्रा शम्भुप्रसाद पटेल छन् । उनीहरूलाई जनही रु एक लाखसहित सो पुरस्कार प्रदान गरिएको हो ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका नाममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आव २०६८/०६९ मा स्थापना गरेको सो पुरस्कार यसअघि गोविन्दराज ज्ञवाली, केदारनाथ प्रधान, आनन्ददेव भट्ट, महेश चौधरी, प्रा डा सुरेन्द्र केसी, बुँद राना, वेदुराम भुसाल, प्रा डा कृष्णबहादुर थापा, डा गङ्गाप्रसाद अकेला, शान्ता चौधरी, प्रा डा राजेन्द्र राम र डा सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले नेता पुष्पलालका सिद्धान्त र विचारबाटै आजको लोकतान्त्रिक आन्दोलन सफल भएको बताउँदै सबैले यस्ता नेताको सम्मान गर्नुपर्ने र उहाँका राजनीतिक दर्शन र सिद्धान्तबाट प्रेरणा लिएर राष्ट्र निर्माणका लागि अघि बढ्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्री तथा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिक इतिहासमा बिपी कोइरालाको चर्चा गर्दा पुष्पलालको र पुष्पलालको चर्चा गर्दा बिपीको नाम छुटाए इतिहास अपुरो हुने बताए ।
संस्कृतिमन्त्री आनन्दप्रसाद पोखरेलले राष्ट्रको राजनीतिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने पुष्पलाल जस्ता नेताप्रति नेपालका राजनीतिक दल आभारी हुनुपर्ने र उहाँका विचारलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।
नेता पुष्पलालका सहयोद्धा पुरस्कृत व्यक्तित्व स्याङ्बोले कम्युनिस्ट पार्टी फुट्दै गएकामा चिन्ता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको महत्त्वाकाङ्क्षी १० वर्षे मार्गचित्र, कति सम्भव छ कार्यान्वयन ?
-
अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
-
सेमिफाइनल हारेपनि टुचेलको जागिर जोगियो
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
-
चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
-
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण