बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

राजविराज नगरपालिकामा कर्मचारीको धर्ना

शुक्रबार, २४ वैशाख २०७३, १३ : ४५
शुक्रबार, २४ वैशाख २०७३
सप्तरी– विभिन्न माग राख्दै राजविराज नगरपालिकाका कर्मचारीले तीन दिनदेखि राख्दै आएको धर्ना आज पनि जारी राखेका छन् । नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गरुङको कार्यशैलीमा सुधार, हरुवाचरुवाको भरमा गरिएको गोप्य परिषद् बदर गर्नुपर्ने र तीन महिनादेखि कर्मचारीको रोकिएको तलब उपलब्ध गराउनुपर्नेलगायतका १३ बुँदे माग राख्दै कर्मचारी तीन दिनदेखि धर्नामा बसेका छन् । यता कर्मचारीले नगरपालिकामा धर्ना कार्यक्रम जारी राखेपछि कामकाजका लागि आउने सेवाग्रही सेवा लिनबाट वञ्चित भएका छन् । यसैबीच कर्मचारीले भने आफूहरुको माग पूरा नभएसम्म धर्ना कार्यक्रम यथावत् रहने बताइएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप