लुम्बिनी प्रादेशिक अस्पताल सुधारका लागि माओवादीको २४ बुँदे मागपत्र
सारांश
- नेपाल कम्युनिस्ट पार्टी (माओवादी) रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालको सेवा, पूर्वाधार र व्यवस्थापनमा सुधारको माग गर्दै अस्पताल प्रशासनलाई २४ बुँदे ध्यानाकर्षण तथा मागपत्र बुझाएको छ।
- मागपत्रमा ओपीडी, इमर्जेन्सी, शल्यक्रिया, डायलाइसिस, स्वास्थ्य बीमा, औषधि आपूर्ति, एमआरआई, सिटी स्क्यान, प्रयोगशाला सेवा, जनशक्ति व्यवस्थापन, सुशासन तथा पारदर्शितालगायतका क्षेत्रमा तत्काल सुधार गर्न माग गरिएको छ।
- माओवादीले बिरामीले लामो समयसम्म पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी र बेड सङ्ख्या बढाउनुपर्ने, अस्पतालमै उपलब्ध हुनुपर्ने औषधि तथा स्वास्थ्य सामग्री बाहिरबाट खरिद गर्नुपर्ने बाध्यता हटाउनुपर्ने तथा दलाल र बिचौलियाको प्रभाव नियन्त्रण गर्नुपर्ने माग गरेको छ।
बुटवल। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालको सेवा, पूर्वाधार र व्यवस्थापनमा सुधारको माग गर्दै अस्पताल प्रशासनलाई २४ बुँदे ध्यानाकर्षण तथा मागपत्र बुझाएको छ।
बुधबार अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा विष्णु गौतमलाई पार्टीका जिल्ला सचिव वीरेन्द्र सीको नेतृत्वमा पुगेको टोलीले मागपत्र हस्तान्तरण गरेको हो।
मागपत्रमा ओपीडी, इमर्जेन्सी, शल्यक्रिया, डायलाइसिस, स्वास्थ्य बीमा, औषधि आपूर्ति, एमआरआई, सिटी स्क्यान, प्रयोगशाला सेवा, जनशक्ति व्यवस्थापन, सुशासन तथा पारदर्शितालगायतका क्षेत्रमा तत्काल सुधार गर्न माग गरिएको छ।
माओवादीले बिरामीले लामो समयसम्म पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी र बेड सङ्ख्या बढाउनुपर्ने, अस्पतालमै उपलब्ध हुनुपर्ने औषधि तथा स्वास्थ्य सामग्री बाहिरबाट खरिद गर्नुपर्ने बाध्यता हटाउनुपर्ने तथा दलाल र बिचौलियाको प्रभाव नियन्त्रण गर्नुपर्ने माग गरेको छ।
यस्तै, लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गरी एमबीबीएस, नर्सिङ तथा अन्य स्वास्थ्य विज्ञानका शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक पहल गर्न पनि मानपत्रमार्फत आग्रह गरिएको छ।
मागपत्रमा अस्पताल प्रशासन, चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले पुर्याएको योगदानको सम्मान गर्दै अस्पताललाई सेवाग्राहीमैत्री, पारदर्शी, गुणस्तरीय र नमुना सरकारी अस्पतालका रूपमा विकास गर्नुपर्ने उल्लेख गरिएको छ।
उक्त मागपत्रको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिंहदरबार काठमाडौँ, लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय (राप्ती उपत्यका, दाङ) तथा लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्षलाई समेत पठाइएको माओवादी रुपन्देहीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन उद्घाटन
-
जनतासँग निरन्तर संवाद गर्न सभामुखको आग्रह
-
एमालेसँग सहकार्य अन्त्य गर्ने कांग्रेसको निर्णयपछि लुम्बिनीमा राजनीतिक हलचल
-
कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी
-
बेचन झा केन्द्रीय कारागारबाट छुटे
-
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण