आमाछोरीको मृत्यु
शुक्रबार, २४ वैशाख २०७३, १३ : ५०
भीमदत्तनगर– गएराति कञ्चनपुरको बेलौरी नगरपालिका–७ रामनगरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ३० वर्षीया अम्बिकादेवी साउद पाल र उनकी दुई वर्षीया छोरी एलिसा पाल रहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक भरत चौधरीले बताए ।
से १ प २९७६ नम्बरको मोटरसाइकलमा पति कल्याण सिंह पालसहित घर गइरहेका पाल दम्पतीलाई से १ त ७८६४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक कल्याण भने सकुशल रहेको प्रहरीले बताएको छ ।
ट्याक्टर चालक सुखराम राना र ट्याक्टर प्रहरी नियन्त्रणमा छन् भने मतृक आमाछोरीको शव परीक्षणका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल पु¥याइएको छ । रासस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण