विश्वसनीय समाचार आजको आवश्यकताः रेग्मी
काठमाडौँ– प्रथम राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खीलराज रेग्मीले ‘लोकान्तर डट कम’ नामको नयाँ समाचार अनलाइन सेवाको आज शुभारम्भ गरेका छन् ।
शुभारम्भ समारोहलाई सम्बोधन गर्दै रेग्मीले राष्ट्रिय हित, चासो र सुरक्षामा ध्यान पु¥याउँदै विश्वसनीय समाचार प्रवाह गर्नु आजको आवश्यकता भएको औंल्याए । पछिल्लो समयमा अनलाइनका पाठकहरुको सङ्ख्यामा निकै वृद्धि भएको जनाउँदै उनले सबैभन्दा पहिला राष्ट्र र राष्ट्रियताको पक्षलाई ध्यान दिएर सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणलाई योगदान पु¥याउने पाटोबाट समाचार सम्प्रेषण हुनुपर्नेमा जोड दिए ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले आयोगको प्रयासले पछिल्लो समय मुलुक सूचनामय हुँदै गएको बताए ।
पूर्व मुख्यसचिव लीलामणि पौडेलले सञ्चार क्षेत्र र न्यायालयमा हुँदै आएको विदेशी लगानी केका लागि रहेको हो भन्ने थाहा पाउन र समाजमा खस्कँदै गएको नैतिकतालाई माथि उकास्नेतर्फ पनि पत्रकारिता क्षेत्रले ध्यान पु¥याउन सक्नुपर्नेमा जोड दिए ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले सस्तो लोकप्रियताका लागि विश्वास खस्कँदै गएको पत्रकारिता क्षेत्रलाई मर्यादित र जिम्मेवार बनाउन अनलाइनको भीडमा लोकान्तरले पहरेदारका रुपमा भूमिका निर्वाह गर्ने बताए ।
कूटनीतिज्ञ डा जयराज आचार्यले राष्ट्र सङ्क्रमणकालीन अवस्थामा रहेको हुँदा मुलुकलाई कसरी सवल बनाउन सकिन्छ, त्यसतर्फ कलम चल्नुपर्छ भने ।
लोकान्तरका प्रधान सम्पादक विमल गौतमले प्रतिस्पर्धी, क्षमता र विश्वसनीयतालाई आधार बनाउदै प्राप्त सूचनालाई विश्लेषणका साथ समाचारलगायतका सामाग्री प्रस्तुत गर्ने पक्षमा अनलाइनले विशेष ध्यान पु¥याउने प्रतिबद्धता जनाए ।
परम्परागत कागजी पत्रकारिताबाट सूचना र सञ्चारमा भित्रिएको नयाँ प्रविधिलाई पछ्याउँदै नेपाली र अङ्ग्रेजी भाषामा मुलुक डिजिटल युगमा प्रवेश गरेको ढङ्गबाट लोकान्तरले समाचार प्रवाह गर्ने उनले बताए ।
प्रेस काउन्सिल नेपालको सूचीमा सूचीकृत भएको अनलाइन सेवाको सङ्ख्या हाल ३०० रहेको छ । लोकान्तरमा सम्पादकीयका रुपमा अग्रलेख, विचारका रुपमा आलेख र अन्तर्वार्ता प्रमुख रुपमा रहनेछ ।
तथ्यमा आधारित विश्वसनीय र द्रुत समाचार प्रवाह गर्ने लक्ष्य लिएको लोकान्तरका सम्पादक निर्देशक वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको महत्त्वाकाङ्क्षी १० वर्षे मार्गचित्र, कति सम्भव छ कार्यान्वयन ?
-
अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
-
सेमिफाइनल हारेपनि टुचेलको जागिर जोगियो
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
-
चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
-
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण