मन्त्रालयले जागिर खुलायो, भक्तपुर नगरपालिकाले दरखास्त लिएन
भक्तपुर–संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयले २१७ ओटा नगरपालिका र ७५ ओटा जिल्ला विकास समितिका लागि करारमा कार्यक्रम अधिकृत माग गरेपनि भक्तपुर नगरपालिकाले आवेदकहरुको दरखास्त बुझ्न अस्विकार गरेको छ । ०७२ माघ २८ गते गोरखापत्र दैनिकमा पहिलोपटक स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी दोस्रो) अन्तर्गत स्थायिन विकास मन्त्रालयले हरेक जिविस र नगरपालिकाहरुमा एक/एक जनाको दरले कार्यक्रम अधिकृतको जागिर खुलाएको थियो । त्यतिवेला भक्तपुर नगरपालिका सहित १५ ओटा नगरपालिका र जिल्ला विकास समितीको कार्यालय सुनसरीमा कुनै पनि आवेदन नपरेको भन्दै मन्त्रालयले पुनः ०७३ वैशाख १० गते सुचना प्रकाशित गरेको थियो ।
यसरी मन्त्रायले दोस्रो पटक सुचना जारी गरेर ईच्छुक उम्मेद्वारलाई वैशाख २४ गतेभित्र सम्वन्धित नगरपालिकाको कार्यालयमा दरखास्त बुझाउन आग्रह गरेको थियो । यसरी दुई पटक सुचना जारी गरेर दरखास्त आह्वान गरेपनि भक्तपुर नगरपालिकाको कार्यालयले दरखास्त लिएर पुगेका दर्जनौं आकांक्षीहरुको दरखास्त ‘हामीलाई कार्यक्रम अधिकृत आवश्यक छैन’ भन्दै लिन अस्वीकार गरेको पाईएको छ । ‘पत्रिकामा आएको विज्ञापनको आधारमा दरखास्त बुझाउन जाँदा नगरपालिकामा कार्यरत कर्मचारीले मेरो दरखास्त लिएनन्’ भक्तपुर कटुञ्जेकी सन्ध्या चालिसेले भनिन्, ‘कार्यकारी प्रमुखले भक्तपुर नगरपालिका अरुभन्दा फरक छ, भन्दै दरखास्त लिन नमिल्ने जानकारी दिए ।’
भक्तपुर नगरपालिकाले दरखास्त नलिएपछि आफुले मध्यपुर ठिमी नगरपालिकामा पुगेर दरखास्त बुझाएको चालिसेले बताईन् ।
स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसीडिपी दोस्रो) को तर्फबाट आह्वान गरिएको कार्यक्रम अधिकृत पदको लागि प्रतिमहिना तीस हजारको दरले तलव सुविधा दिइने विज्ञापनमा उल्लेख गरिएको छ ।
यसरी दर्जनौं आकांक्षिहरुको दरखास्त लिन अस्विकार गरेको बारे बुझ्दा भक्तपुर नगरपालिकाका निमित्त कार्यकारी अधिकृत गणेश नेपालीले सामाजिक परिचालन सम्वन्धी कार्यक्रम नै भक्तपुरमा नभएको उल्लेख गर्दै भने, ‘भक्तपुर नगरपालिका अरुभन्दा फरक छ, आफ्नै सिस्टममा चलेको हुनाले हामी अरुभन्दा पृथक छौं ।’
एलजिसीडीपी फोकल पर्सनका लागि दरखास्त बोकेर आउने करिब सात जनाको दरखास्त अस्वीकार गरेको स्वीकार्दै नेपालीले भने, ‘स्थानिय निकाय स्वायत्त भएपनि मन्त्रालयले हस्तक्षेप गरेको छ, हामीलाई एलजिसीडीपिको कार्यक्रम चाहिएको छैन तर माथिबाट अनावश्यक रुपमा लादिएको छ ।’
भक्तपुर नगरपालिकामा वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्र जस्ता कार्यक्रम समेत संचालनमा नआएको जाकारी दिँदै नेपालीले भने, ‘भक्तपुर नगरपालिका भित्र उपभोक्ता समितीमा बसेर काम गर्ने मान्छे पाउन मुस्किल छ, यहाँ एक पैसा पनि भ्रष्टाचार हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्यान्डलाई हराएपछि अर्जेन्टिनी खेलाडीले प्रदर्शन गरे फकल्याण्ड्स दाबी गर्ने ब्यानर
-
शेयर धितोमा पाइने कर्जाको सीमा बढ्यो, कति पाइन्छ ऋण ?
-
‘कलेजो प्रत्यारोपणपछि ९५ प्रतिशतसम्म बिरामी सजिलै एक वर्ष बाँच्छन्’
-
मौन समाजको सामाजिक मनोविज्ञान
-
चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
-
सिसी क्यामेराको निगरानीमा भरतपुर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण