अस्पतालमा सिसि क्यामारा जडान गरेर किसानलेआमाको मुख हेरे
दाङ – तुलसीपुरका एक किसानले आमाको मुख हेर्ने दिनको अवसर पारेर राप्ती अञ्चल अस्पताल तुलसीपुरमा सि.सी क्यामारा जडान गरिदिएका छन् । किसान गोविन्द बस्यालले २ लाख ४३ हजार लागतमा अस्पताल हाताभित्र ८ वटा सि.सी क्यामारा जडान गरेका हुन् । क्यामाराको शुक्रबार उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ । बस्यालले ८३ बर्षीया आमा सुमित्रा बस्यालको हातबाट रिमोट अस्पतालका सुपरिटेन्डेन्ट डा. भोलाराम श्रेष्ठ र अस्पताल विकास बोर्डका अध्यक्ष रुद्रमणि गौतमलाई हस्तान्तरण गरेर उद्घाटन गरिएको हो ।
अस्पतालमा हुने कुनै घटना वा चोरी हुन सक्ने भन्दै त्यसको न्युनिकरणका लागि आमासंग सल्लाहागरेर सहयोग गरेको उनले बताए । अस्पतालमा दाङसहित सल्यान, रोल्पा, रुकुम जस्ता टाढाटाढाबाट पनि बिरामीहरु साहु–ऋणकाढेर उपचारका लागि आउने भएकाले अब उनीहरुको समाग्री चोरी भएमा पत्ता लगाउन सहज हुने उनको भनाइ छ । ‘अस्पतालमा मान्छेको बढी भिडभाड हुन्छ । एक दिन त अस्पतालको बहिरंग कक्षमा राखेको टिभी नै चोरी हुन लागेको थियो । हामीले देख्यौं र बच्यो,’ बस्यालले भने ।
यता अस्पतालले क्यमारा जडान भए पछि भित्र बाहिरको सम्पुर्ण गतिविधिका बारेमा जानकारी हुने बताएको छ । बिरामीहरुले उपचार सेवा प्राप्त गरे या नगरेको चिकीत्सकहरु आफनो कार्यकक्षमा गएनगएको जस्ता गतिविधि नियाल्न सजीलो हुने भएकाले आगामी दिनमा पनि काम गर्न सजिलो हुने अस्पतालका मेसु डा. श्रेष्ठले बताए । अस्पतालको हाताभित्र जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका बस्याललाई लगानी गरेर ठूलो सहयोग पु¥याएको भन्दै अस्पताले सम्मान समेत गरेको थियो ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठुला विद्युतीय सार्वजनिक सवारी साधन किन्न अब ८० प्रतिशतसम्म ऋण
-
इंग्ल्यान्डलाई हराएपछि अर्जेन्टिनी खेलाडीले प्रदर्शन गरे फकल्याण्ड्स दाबी गर्ने ब्यानर
-
शेयर धितोमा पाइने कर्जाको सीमा बढ्यो, कति पाइन्छ ऋण ?
-
‘कलेजो प्रत्यारोपणपछि ९५ प्रतिशतसम्म बिरामी सजिलै एक वर्ष बाँच्छन्’
-
मौन समाजको सामाजिक मनोविज्ञान
-
चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण