नवजात शिशुको मृत्युप्रति डब्लूएचओको चासो
स्वीजरल्यान्ड– विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले शुक्रबार एक विज्ञप्ति जारी गर्दै लिबियाको एक अस्पतालमा ब्याकक्टेरियल इन्फेक्सन किटाणुको सङ्क्रमणका कारण १२ जना शिशुको मृत्यु भएको प्रति चासो देखाएको छ ।
डब्लूएचओका अनुसार सवाह मेडिकल केन्द्रको नजवात शिशु स्याहार कक्षमा सेवा प्रदान गर्ने विशेषज्ञ स्वास्थ्यकर्मीको अभाव एवम् किटाणुको सङ्क्रमणबाट उनीहरुको मृत्यु भएको हो ।
नवजात शिशुको जन्मपश्चात मृत्युबाटे रोक्नका लागि सहज स्वास्थ्य व्यवस्था मिलाउन नसक्नुमा लिबियामा सामान्य स्वास्थ्य प्रणालीमा समेत समस्या देखिएको बताउँदै डब्लूएचओले तत्काल विशेषज्ञ सेवा तथा औषधिको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।
सेवा प्रबन्धमा ढिलाई गरिएमा थप नवजात शिशु तथा आमाको समेत ज्यान जोखिममा जाने लिबियाका लागि डब्लूएचओ प्रतिनिधि जाफ हुसेन सैयदले बताए ।
डब्लूएचओले बिलियाको स्वास्थ्य प्रणाली यहाँ जारी द्वन्द्वका कारण भएको स्वास्थ्यकर्मी तथा औषधिको अभावले गर्दा विषम बनेको बताएको छ ।
लिबियामा १९ लाख मानिसलाई अहिले स्वास्थ्य सेवा चाहिएको तर स्वास्थ्यकर्मी तथा औषधिको अभाव रहेको सैयदले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण