बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

जङ्गली हात्ती मृत फेला

शनिबार, २५ वैशाख २०७३, १० : २८
शनिबार, २५ वैशाख २०७३
झापा– झापाको मेचीनगरमा जङ्गली हात्ती करेन्ट लागेर मरेको अवस्थामा आज बिहान फेला परेको छ ।

मेचीनगर–४ मागुरमाडीस्थित थोप्लेविरान सामुदायिक वन परिसरमा करिब १० वर्षको मत्ता हात्ती मृत फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला वन कार्यालयबाट संयुक्तरुपमा मागुरवाडी पुगेको टोलीले हात्ती करेन्ट लागेर मरेको जनाएको हो ।

गत वर्ष बाहुनडाँगीमा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको थियो । एघार वर्षको अवधिमा बाहुनडाँगी, शान्तिगरलगायतका स्थानमा दुई दर्जन बढी हात्ती मरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप