घटेनन् सिंहदरवार भित्रका कुकुर
काठमाडौँ- सरकारले सिंहदरवारभित्र भुस्याहा व्यवस्थापनका लागि योजना शुरु गरे पनि कुकुरको संख्यामा कमी आएको छैन । विशिष्ठ व्यक्तिहरको आगमन तथा सरकारी कामकाजका लागि सेवाग्राहीको भिडभाडयुक्त वातावरणमा कुकुरहरुको विग्विगीका कारण समस्या भएपछि काठमाडौं महानगरपालिकाले ह््युमन सोसाइटीको सहयोगमा कुकुर व्यवस्थापन कार्यक्रम लागू गरे पनि सिंहदरवार भित्र कुकुरको आवतजावतमा कुनै कमी आएको छैन । सिहदरवार प्रवेशको क्रममा सुरक्षाकर्मीहरुले मान्छेलाई कडा निगरानी गरे पनि कुकुरलाई सजिलै प्रवेश गर्न दिने र सिंहदरवार भित्रका क्यान्टेनहरु बासी खाना र खाजा कुकुरलाई खुवाउने हुँदा कुकुरको संख्या दिनानुदिन बढ्दै गइरहेको हो । महानगरपालिकाले कुकुरको बन्ध्याकरण र रेविज लागेको नलागेको परिक्षण गरेको थियो । सिंहदरवारलाई कुकुरमुक्त क्षेत्र बनाउन सरकारले ३ करोड ५० लाख खर्च गर्ने योजना बनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण