संविधानको कार्यान्वयनका लागि प्रमुख पार्टी एक ठाउँमा उभिनुपर्छ : महासचिव पोखरेल
चितवन– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान जारी नहोस् भन्नेहरुले नै अहिले एमाले नेतृत्वको सरकार गिराउने नाटक मञ्चन गरेको बताएका छन् ।
अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै महासचिव पोखरेलले भने, “संविधान जारी नहोस् भन्नेहरु देशभित्र र बाहिर रहेछन्, तिनीहरुले अहिले पनि एमालेको सरकार गिराउने नाटक मञ्चन गरिरहेका छन् ।”
विसं २०७२ जेठ २५ गते प्रमुख राजनीतिक दलबीच भएको १६ बुँदे सम्झौता कहीँ कसैको प्रभावमा नपरी यही भूमिमा बसेर भएको बताउँदै महासचिव पोखरेलले त्यही सम्झौताले संविधान ल्याउने सङ्कल्प अनुरुप नै संविधान आएको हो भने । संविधानको कार्यान्वयनका लागि प्रमुख पार्टीहरु एक ठाउँमा उभिनुपर्छ भन्ने एमालेको धारणा सुनाउँदै नेता पोखरेलले सहमतिको राष्ट्रिय सरकार बनाउन एमाले बाधक नबन्ने बताए ।
अब राजनीतिक अधिकार प्राप्तिको कालखण्ड आधारभूत रुपमा सकिएको बताउँदै उहाँले अब आर्थिक, सामाजिक रुपान्तरणको बाटाबाट समृद्धितर्फ लाग्नुपर्दछ भने ।
पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा माथिदेखि तलसम्म धाँजा हाल्ने काम कसैले गर्न नहुने बताउँदै महासचिव पोखरेलले पार्टीभित्र एकता आवश्यक रहेकामा जोड दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण