बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

कट्टु समातेर श्रीमानको उद्दार

आइतबार, २६ वैशाख २०७३, ०७ : ४८
आइतबार, २६ वैशाख २०७३

एजेन्सी–एक चिनियाँ महिलाले असाधारण तवरबाट आफ्ना श्रीमानलाई आत्महत्या गर्नबाट जोगाएकी छिन् ।

अपार्टमेन्टको छैटौं तलाबाट फाल हालेका श्रीमान्लाई उनले कट्टुमा समातेर खस्नबाट रोकेकी हुन् ।

समाचार एजेन्सीका अनुसार चीनको चाङ्चुनमा भएको सो घटनामा लिङ सुले आफ्ना ४५ वर्षीय श्रीमान वाङ लीलाई २० मिनेटसम्म कट्टुकै भरमा थेगेकी थिइन् ।

त्यसपछि मात्र प्रहरी र उद्धारकर्मी आएर वाङलाई उद्दार गरेका थिए ।

आत्महत्या गर्ने मनसायले वाङ २० मिटरमाथि रहेको आफ्नो फ्ल्याटको झ्यालबाट फाल हाल्न पुगेका थिए ।

तर, श्रीमतीले तत्कालै कट्टुमा समाउन भ्याइन् । लिङको चिच्याहट सुनेपछि तत्कालै मानिसहरु तल जमिनमा भेला भएका थिए ।

नाटकीय उद्दारपछि वाङलाई अस्पताल लगिएको छ ।

उनी डिप्रेसनको सिकार रहँदै आएको समाचार एजेन्सीले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप