संघीय गठबन्धन बालुवाटार केन्द्रित, प्रशासनले गर्यो निषेधाज्ञाको घोषणा
काठमाडौं– मधेसी तथा जनजाती दल सम्मिलित २९ दलीय संघीय गठबन्धनले आज प्रधानमन्त्री निवास बालुवाटार धर्ना दिँदैछ ।
दुई दिनसम्म सिंहदरबार घेराउ गर्दा पनि सरकारबाट मागबारे कुनै सुनुवाई नभएपछि गठबन्धनले बालुवाटार घेराउ गर्ने निर्णय गरेको जानकारी हो । धर्ना बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म चल्ने गठबन्धनका एक नेताले जानकारी दिए ।
गठबन्धनले संविधान र सीमांकनको विरोध गर्दै विभिन्न २६ बुँदे माग अघि सारेको छ । सोहि माग राख्दै गठबन्धनले ६ महिनासम्म मधेसमा आन्दोलन गरेपनि मागको सुनुवाई नभएपछि थप दवाव दिन भन्दै शनिबारदेखि राजधानी केन्द्रित आन्दोलन गरेको हो ।
प्रशासनले निषेधाज्ञा जारी गर्यो संघीय गठबन्धनको सोमबार बसेको बैठकले सिंहदरबार घेराउ कार्यक्रमलाई बालुवाटार केन्द्रित गर्ने निर्णय गरेसँगै बालुवाटार आसपासको क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी प्रधानमन्त्री निवास बालुवाटार आसपासका महत्वपूर्ण स्थानमा निषेधित क्षेत्र तोकेको छ ।
प्रजिअ रामकृष्ण सुवेदीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार रातिदेखि लागू हुने गरी थप संवेदनशील क्षेत्रमा अर्को आदेश नभएसम्मको लागि निषेधित क्षेत्र तोकेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारदेखि दक्षिणतर्फ इटालियन चोक र उत्तरतर्फ पवित्र वर्कशपसम्म, सभामुखको निवासदेखि पश्चिम दक्षिणतर्फ गैरीधारा जाने बाटोको १०० मि सम्म तथा प्रधानन्यायाधीशको निवास बालुवाटारदेखि पश्चिम लाजिम्पाटसम्म १०० मि र नेपाल राष्ट्र बैंक बालुवाटार चोकदेखि पूर्व १०० मि सम्म निषेधित क्षेत्र तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण