बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

गठबन्धनको बालुवाटर घेराऊ : बिहान झडप, अहिले शान्तिपूर्ण (फोटोफिचर)

मङ्गलबार, ०४ जेठ २०७३, १३ : ३७
मङ्गलबार, ०४ जेठ २०७३

काठमाडौं – राजधानी केन्द्रीत आन्दोलन शुरु गरेको संघीय गठबन्धनले मंगलबार प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेको छ । दुई दिनसम्म देशको प्रशासनिक केन्द्र सिंहदरवार घेराउ गरेको गठबन्धनले तेस्रो दिन प्रधानमन्त्री निवास घेराउ गर्न पुगेका हो ।

गठबन्धनले कार्यक्रम सार्वजनिक गर्ने बित्तिकै प्रशासनले सो क्षेत्रलाई निशेधित घोषणा गरेको थियो भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो । प्रहरीले आन्दोलनकारीलाई बालुवाटारसम्म पुग्न दिएका छैनन् । भाटभटिनीभन्दा केही अघि रोकेर राखेका छन् ।

बिहान निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरी र आन्दोलनकारीबीच केही बेर झडप भएको थियो । झडपमा एकदर्जन मोर्चाका कार्यकर्ता घाइते भएका छन् ।

तस्विर : रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप