लाङटाङ खोला पदमार्ग : दुई महिनामै रु दुई लाख ५० हजार आम्दानी
धुन्चे – पर्यटकीय क्षेत्रमा भूकम्पपछि लाङ्टाङ खोला पदमार्गमा स्थानीय व्यवसायीले मनग्य आम्दानी लिन थालेका छन् ।
लाङ्टाङ राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सहयोग आयोजना, डब्लु डब्लु एफ र हरियो वन कार्यक्रमद्वारा गत वैशाख १२ गते भूकम्पले क्षति पु¥याएको स्याफ्रुबेँसी, वम्पु, रिम्चे क्षेत्रको नदी किनारको साविक पदमार्ग पुनःनिर्माण एवम् मर्मत गरेपछि पर्यटकको आगमन सुरु भएको र ठाउँठाउँमा रहेका होटल, चिया पसल सञ्चालनमा ल्याई व्यवसायीले मनग्य आम्दानी लिन थालेको स्थानीय बासिन्दाले बताएका छन् ।
गत फागुन ९ गतेदेखि सञ्चालनमा आएको बम्वु क्षेत्रको तिब्बत गेस्ट हाउसले दुई महिनाको अवधिमा रु दुई लाख ५० हजार आम्दानी गरेको उक्त गेस्ट हाउसका प्रबन्ध सञ्चालक क्याप छिरिङले बताए ।
लाङटाङ खोलातीरको पैदल मार्गबाट दिनहुँ सरदर १५ जना पर्यटक ओहोरदोहोर गर्न थालेका छन् ।
स्याफ्रुबेँसी, पहिरो क्षेत्र, तिवारीलगायतका क्षेत्रमा चिया पसल र होटल खोली, सौर्यऊर्जाबाट बत्ती, धारा एवम् शौचालय समेतको व्यवस्था मिलाइ सकिएको बताइएको छ ।
लाङ्टाङ पुनःनिर्माण व्यवस्थापन समितिका अध्यक्ष पेम्बा लामाका अनुसार लाङ्टाङ पर्यटकीय पदमार्ग खुलिसकेको र स्याफ्रुबेँसीबाट क्याङजेनसम्म होटल सञ्चालनमा आइसकेका कारण पर्यटकलाई पदमार्गमा खानबस्न समस्या नपर्ने बताउँदै क्याङ्जेनमा ३०० र लाङटाङमा १०० जना बस्ने क्षमताका होटल रहेको जानकारी पनि दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण