बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

दुर्घटनामा पाँच घाइते, एकै परिवारका तीनजना गम्भीर

मङ्गलबार, ०४ जेठ २०७३, ११ : २५
मङ्गलबार, ०४ जेठ २०७३

चितवन– चितवनको भरतपुरमा भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एकै परिवारका तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

सोमबार साँझ भरतपुर–१० स्थित ओरालोमा नारायणगढ जाँदै गरेको ग १ ज ५७०६ नम्बरको पिकअप भ्यानले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

पिकअप भ्यानले विपरीत दिशातर्फ जाँदै गरेको ग ४ प ३९१८ नम्बरको मोटरसाइकल र ना १७ प ५७२१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनीहरू घाइते भएका हुन् ।

घाइते हुनेमा ३९१८ नम्बरको मोटरसाइकलका चालक भरतपुर–१२ का ५० वर्षीय श्रीराम कट्टेल, उनकी श्रीमती ४५ वर्षकी नारायणी कट्टेल र छोरी सन्ध्या कट्टेल रहेका छन् । एउटै मोटरसाइकलमा रहेका तीनै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यस्तै, स्कुटीमा सवार भरतपुरका स्थानीय १८ वर्षका विजय न्यौपाने र भरतपुर–७ का २० वर्षीय सुमाङ्कर भण्डारीसमेत घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरू पाँचैजनाको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको र पिकअप भ्यानका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप