बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कुवेत पुगेका युवाको एक हप्तामै मृत्यु

मङ्गलबार, ०४ जेठ २०७३, ११ : ३९
मङ्गलबार, ०४ जेठ २०७३

म्याग्दी– रोजगारीका लागि खाडीमुलुक कुवेत पुगेका म्याग्दीका एक युवाको मृत्यु भएको छ ।

एक हप्ताअघि मात्रै नेपालबाट कुवेत गएका मुदी गाविस–९ बगरका २२ वर्षीय केशव तिलीजामगरको मृत्यु भएको हो ।

पारिवारिक स्रोतका अनुसार शनिबार राति खान खाएर सुतेका तिलीजाको सुतेकै अवस्थामा मृत्यु भएको हो । बिहान नउठेपछि उनीसँगै कुवेत पुगेका नेपालीले परिवारलाई निधन भएको खबर गरेका थिए । म्यानपावर कम्पनीमार्फत कानुनी प्रक्रिया पूरा गरेर कुवेत पुगेका तिलीजा कम्पनीमा काम सुरु गर्ने तयारीमा थिए ।

गरिबी, कमजोर पारिवारिक अवस्था, अस्थिरता र बेरोजगारीका कारण जीविकोपार्जनका लागि आर्थिक स्रोत जुटाउन विदेश गएका तिलीजाको पुगेको हप्ता दिन नपुग्दै निधन भएपछि परिवार र आफन्तजन शोकमा डुबेका छन् ।

शवलाई जतिसक्दो छिटो नेपाल ल्याउन पहल गरिदिन परिवारले कुवेतस्थित दूतावास, सम्बन्धित म्यानपावर कम्पनी र सरकारसँग आग्रह गरेका छन् । विवाहित तिलीजाका दुई सन्तान रहेका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप