एकैपटक सातवटा घोषणाको तयारी
मङ्गलबार, ०४ जेठ २०७३, ११ : ४८
इनरुवा– सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले जेठ १४ गते एकै पटक सातवटा घोषणाको कार्यक्रम गर्न लागेको छ ।
घोषणाका लागि तयारी अन्तिम चरणमा पुगेको नगरपालिकाका कार्यकारी अधिकृत रामचरित्र मेहताले बताए ।
नगरपालिकाले घोषणाको पूर्वतयारी स्वरुप प्रत्येक वडामा अनुगमन र सर्वे तथा शिविर सञ्चालन गरेको मेहताले बताए ।
नगरपालिकाले पूर्ण जन्मदर्तायुक्त नगरपालिका घोषणा गर्नका लागि जन्मदर्ता अभियान सुरु गरेको छ भने खुला दिसामुक्त क्षेत्र घोषणा गर्नका लागि अनुगमन सुरु गरेको छ ।
जन्मदर्ता अभियान जेठ ७ गतेसम्म सञ्चालन हुने मेहताले बताउनुभयो । त्यसैगरी, सतप्रतिशत छुवाछुतमुक्त, सरसफाइयुक्त, पूर्ण साक्षरता, बालश्रम मुक्त र बालविवाह मुक्त नगरपालिका घोषणा कार्यक्रमलाई सफल पार्न विभिन्न चरणको कार्यक्रम गरिरहेको मेहताले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण