बालुवाटार घेराउको क्रममा झडप, एक दर्जन आन्दोलनकारी घाइते
मङ्गलबार, ०४ जेठ २०७३, १७ : २६
काठमाडौं– संघीय गठबन्धनले गरेको बालुवाटार घेराउको क्रममा प्रहरी र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । गठबन्धनका कार्यकर्ता बालुवाटार घेराउ गर्न भाटभटेनीबाट अघि बढ्दै गर्दा झडप भएको हो।
झडपमा आन्दोलनकारीहरु विष्णु जंग बस्नेत,रमेश राई,दयाराम राई, यक्ष कुमार राई, विष्णु जम्मरकटेल, प्रकाश राई,रञ्जिजत गोस्वामी, मञ्जु अन्सारी, पूर्ण बहादुर बस्नेत, पृथ्वी कार्की, महेस प्रसाद यादव र मन कुमार लिम्बु घाईते भएका छन् । उनीहरुमध्ये रञ्जित गोस्वामीको दायाँ हात काँधबाट खुस्केकोले ट्रमा सेण्टरमा उपचार भैरहेको छ भने बाँकीको विभिन्न अस्पतालमा उपचार भैरहेको गठबन्धनका नेता टेक बहादुर तामाङ्गले बताए ।अहिले आन्दोलनकारीहरुले नेपाल राष्ट्र बैंक नजिकै रहेर शान्तिपूर्ण धर्ना दिइरहेका छन् । धर्नाका क्रममा मोर्चामा आबद्व सबै नेताहरु सहभागि छन् । तर, हिजो र अस्तीको तुलनामा आज धर्नाकारी निकै कम रहेका छन् ।
दुई दिनसम्म सिंहदरबार घेराउ गर्दा पनि सरकारबाट मागबारे कुनै सुनुवाई नभएपछि गठबन्धनले आज बालुवाटार घेराउ गर्ने निर्णय गरेको थियो । गठबन्धनले संविधान र सीमांकनको विरोध गर्दै विभिन्न २६ बुँदे माग अघि सारेको छ । सोहि माग राख्दै गठबन्धनले ६ महिनासम्म मधेसमा आन्दोलन गरेपनि मागको सुनुवाई नभएपछि थप दवाव दिन भन्दै शनिबारदेखि राजधानी केन्द्रित आन्दोलन गरेको हो ।
यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी प्रधानमन्त्री निवास बालुवाटार आसपासका महत्वपूर्ण स्थानमा निषेधित क्षेत्र तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारदेखि दक्षिणतर्फ इटालियन चोक र उत्तरतर्फ पवित्र वर्कशपसम्म, सभामुखको निवासदेखि पश्चिम दक्षिणतर्फ गैरीधारा जाने बाटोको १०० मि सम्म तथा प्रधानन्यायाधीशको निवास बालुवाटारदेखि पश्चिम लाजिम्पाटसम्म १०० मि र नेपाल राष्ट्र बैंक बालुवाटार चोकदेखि पूर्व १०० मि सम्म निषेधित क्षेत्र तोकिएको छ ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण