बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

गेष्ट हाउसमा चितुवाको छाला लुकाएर राख्ने पक्राउ

मङ्गलबार, ०४ जेठ २०७३, १२ : ३६
मङ्गलबार, ०४ जेठ २०७३

काठमाडौं–गोंगबुको उत्तम लमजुङ गेष्ट हाउसमा दुर्लभ बन्यजन्तु चितुवाको छाला लुकाएर राख्ने भक्त बहादुर घर्ति मगरलाई प्रहरीले पक्राउ गरेको छ । प्युठानको नयाँगाउ स्थायी घर भएका घर्तिमगरले चितुवाको छाला बेचबिखनका लागी गोंगबुको मित्रनगरमा रहेको सो गेष्ट हाउसमा लुकाएर राखेको महानगरीय अपराध महाशाखाले जनाएको छ । प्युठान स्थायी घर भएपनी लामो समयदेखी गोंगवु बस्दै आएका घर्तिमगरलाई आवश्यक कारवाहीको लागी जिल्ला बन कार्यालय हात्तिसार पठाईएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट एउटा चितुवाको छाला बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप