विशेषज्ञ डाक्टर नहुदाँ सेवा प्रभावित, रिफरसेन्टर बन्दै अञ्चल अस्पताल
राजविराज– दरबन्दीको अनुपातमा अधिकांश डाक्टरहरुको पद रित्तै रहेपछि गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल राजविराजको उपचार सेवा प्रभावित भएको छ । दैनिक एक सय ५० भन्दाबढि विरामी आउने गरेको उक्त अस्पतालमा विभिन्न विषयका विशेषज्ञसहित १८ वटा डाक्टरको पद पुर्ति नभएको कारण उपचार सेवा प्रभावित भएको हो । अस्पतालमा ११ औं तहको मेडिकल सुपरिटेन्डेड, प्रसुति तथा स्त्री रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ लगायतको पद रिक्त रहेको अस्पताल प्रशासनले जनाएको छ । ९ औं तहका २/२ जना स्त्री रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, फिजिसियन एक जनाको पद समेत रिक्त रहेको निमित्त मेडिकल सुपरिटेन्डेड दिलिपकुमार साहले बताए । यस्तै, छालारोग विशेषज्ञ, प्याथोलोजिष्ट, एनेष्थेटिष्ट, कन्सलटेन्ट सर्जन, अर्थोपेटिक सर्जन, साइकेट्रिक सर्जन, जेनेरलोजिष्ट, रेडियोलोजिष्ट, अस्पताल नर्सिङ प्रशासक २ जना, मेडिकल अधिकृत २ जना लगायतको पद पनि रिक्त रहेका कारण विरामीको चाप बढेपनि सेवा दिन धौ–धौ परेको निमित्त मेडिकल सुपरिटेन्डेड साहको भनाई छ । हाल अस्पतालमा १० औं तहका डा. दिलिपकुमार साह, ९ औं तहका डा. टेकनारायण मण्डल, ८ औं तहकी डा. दिपा यादव र उषा देव मात्र उपलब्ध रहेको अस्पताल प्रशासनले जनाएको छ । यस बाहेक डा. व्रजेशकुमार झा, डा. सुनिलकुमार सिंह, डा. सुसान्त यादव करार तथा डा. डिकनाथ यादव अस्पताल विकास समितीबाट कार्यरत रहेका छन् । दरबन्दी अनुसारका डाक्टर नहुदाँ सामान्य विरामी समेत उपचार गर्न कठिनाई भइरहेको अस्पतालले जनाएको छ । यता, उपचार सेवा प्रभावकारी नभएपछि अस्पतालमा भर्ना भएका विरामीलाई समेत उपचारका लागि धरान, विराटनगर, काठमाडौं लगायतका सुविधा सम्पन्न अस्पतालमा रेफर गर्नु परिरहेको स्वास्थ्यकर्मीहरु नै बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण