बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

दलिय भागबण्डा नमिल्दा दलित आवास बनेन

मङ्गलबार, ०४ जेठ २०७३, १२ : ४९
मङ्गलबार, ०४ जेठ २०७३

राजविराज–सप्तरी जिल्लामा दलित र विपन्न मुस्लिम समुदायका लागि संचालित जनता आवास कार्यक्रममा दलिय भागवण्डा नमिल्दा कार्यक्रमको काम प्रभावित भएका छन् । शहरी विकास तथा भवन निर्माण विभागको स्विकृत कार्यक्रम अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा सप्तरीका दलित तथा विपन्न मुस्लिमका लागि १ सय ३० आवास निर्माण हुनु पर्नेमा कार्यक्रमका लागि जिल्ला स्तरीय समन्वय समितिको वैठक वस्न नसक्दा काम प्रभावित भएको हो । नेपाली कांग्रेस नेतृत्वको अघिल्लो सरकारमा सोहि पार्टीवाट जिल्लाको क्षेत्र नम्वर ६ वाट निर्वाचित सांसद सुरेन्द्रप्रसाद यादवको संयोजकत्वमा जिल्ला स्तरीय समन्वय समिति गठन भएको थियो । समितिमा नेपाली कांग्रेसकै सभाषद तेजुलाल चौधरी, एमालेका सभाषद ताराकान्त चौधरी लगायत सदस्य रहेपनि एनेकपा माओवादीका कुनै पनि सभाषद समावेस रहेका छैनन् । अहिले एनेकपा माओवादी समेत सम्मिलित एमाले नेतृत्वको सरकार भएको अवस्थामा समन्वय समितिको वैठक पनि नवसेका कारण काम अवरुद्ध हुन पुगेको समितिका सदस्य सचिव एवम् शहरी विकास तथा भवन निर्माण विभागका प्रमुख मिलन आचार्यले जानकारी दिए । उनका अनुसार समितिको वैठकवाट जनता आवास निर्माण गर्न छनौट भएका गाविसको नाम स्विकृतिका लागि सिफारिस गरि पठाउनुपर्ने हुन्छ । चालु आर्थिक वर्षमा सप्तरीको मधुपट्टि, हरिपुर, मलहनमा, कोइलाडि वरसाईन्, वनौली गाविसमा १०–१०, कविलाशामा ४०, फुलकाही गाविसमा २० तथा शम्भुनाथ नगरपालिकामा १० घर निर्माणका लागि छनौट भएको आचार्यले वताए । आवास निर्माणको काम सुरु गर्ने विषयमा गत आईतवार समितिको वैठक डाकिएको थियो । तर, विभागवाट तत्कालका लागि वैठक नराख्न फोन मार्फत खवर गरेपछि वैठक स्थगित भएको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सप्तरी श्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप